लुक्लामा हेलिकोप्टर ‘फोर्स ल्याण्डिङ’, जहाजमा क्षति

लुक्लामा हेलिकोप्टर ‘फोर्स ल्याण्डिङ’, जहाजमा क्षति

काठमाडौं । लुक्लामा हेली एभरेष्टको हेलिकोप्टर अवतरणका क्रममा  ‘फोर्स ल्याण्डिङ’ गरिएको छ । सगरमाथा आधार शिविरबाट यात्रु लिएर आएको हेलिकोप्टर फोर्स ल्याण्डिङ गरिएको हो ।  क्याप्टेन निश्चित केसीका अनुसार फोर्स ल्याण्डिङका क्रममा जहाजमा सामान्य क्षति भएको छ । कुनै मानवीय क्षति भने भएको छैन । ‘तेल बुममा क्र्याक आएको छ, अब मर्मत नगरी उडाउन मिल्दैन,’ केसीले भने । यो हेलिकोप्टर स्वीस पाइलट ग्रेगर विय...
काँग्रेसका दुई गाडीमा अज्ञात समुहद्धारा आगजनी

काँग्रेसका दुई गाडीमा अज्ञात समुहद्धारा आगजनी

मलेखु (धादिङ) । नेपाली काँग्रेसले चुनाव प्रचारका लागि प्रयोग गरेका दुईवटा गाडी गएराति अज्ञात समूहले जलाइदिएका छन् । धुनीबेँसी नगरपालिका–५ मा रोकेर राखेको अवस्थामा ती गाडी जलाइएको हो । बा१२च १२७६ नंको बोलेरो जिप र बा३च १७०३ नं को जिप्सी गाडी अज्ञात समूहले जलाइदिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । जलाउनेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधन

वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधन

काठमाडौँ । वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको आज बिहान ४ बजे कमलादीस्थित आफ्नै निवासमा निधन भएको छ । अल्जाइमरलगायत रोगबाट पीडित ९८ वर्षीय शर्मा नेपाली प्रगतिशील साहित्यिक क्षेत्रका एक अगुवा व्यक्तित्व हुनुहुन्थ्यो । शर्मा राणा शासन विरोधी आन्दोलनका लागि सत्याग्रह आन्दोलनमा पनि सामेल हुनुभएको थियो । प्रगतिशील लेखक सङ्घका अध्यक्ष मात्रिका पोखरेलका अनुसार शर्माको पार्थिव शरीरलाई बिहान १० देख...
भक्तपुरमा भीषण आगालगी, ५ घर जलेर नष्ट, आगो अझै नियन्त्रण भएन

भक्तपुरमा भीषण आगालगी, ५ घर जलेर नष्ट, आगो अझै नियन्त्रण भएन

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ तेखापुखुमा गएराति २ बजेदेखि भीषण आगलागी भएको छ । आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । इन्द्र शिल्पकारको घरबाट खाना पकाउने काठको भुस बलेर आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । आगलागीबाट आठ घरपरिवार बस्दै आइरहेको पाँचवटा घर पूर्णरुपमा ध्वस्त भएको उहाँले जानका...
मनिलामा विस्फोट हुँदा दुईको मृत्यु, चार घाइते

मनिलामा विस्फोट हुँदा दुईको मृत्यु, चार घाइते

मनिला (फिलिपिन्स) । फिलिपिन्सको राजधानी मनिलामा भएका दुई विस्फोटमा परी कम्तीमा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार मनिलाको क्वियाप्पो क्षेत्रमा स्थानीय समयअनुसार साँझ ५ बजेर ५० मिनेट जाँदा पहिलो विस्फोट भएको थियो भने सोही ठाउँमा ८ बजेर ३० मिनेट जाँदा अर्को विस्फोट गराइएको प्रहरी स्रोतले जनाएको छ । दुवै घटनामा चारजना अन्य घाइते भएका छन् । प्रहरीले विस्फोटक पदार्थको प्रकृतिबारे अनु...
तान्जानियामा स्कुल बस दुर्घटना, २९ बिद्यार्थीसहित ३२ जनाको मृत्यु

तान्जानियामा स्कुल बस दुर्घटना, २९ बिद्यार्थीसहित ३२ जनाको मृत्यु

नैरोवी (केन्या) । तान्जानियाको उत्तरी क्षेत्रमा शनिबार एक विद्यालयको बस दुर्घटनाग्रस्त हुँदा यसमा विद्यालय हिँडिरहेका २९ बालबालिकाको मृत्यु भएको छ भने घटनामा दुई शिक्षक र चालकको पनि मृत्यु भएको विद्यालयका निर्देशकले बताएका छन् । “हाम्रा २९ जना बालबालिका, दुई शिक्षक र एक चालकको घटनास्थलमा मृत्यु भएको छ” –लक्की भिनसेन्ट प्राथमिक विद्यालयका इनोसेन्ट मुसिले बताउनुभयो । मृतकमध्ये १२ जना बालक र ...
संघीय गठवन्धनबाट कारबाही गरेर अध्यक्ष यादवलाई हटाईयो, कारण यस्तो छ

संघीय गठवन्धनबाट कारबाही गरेर अध्यक्ष यादवलाई हटाईयो, कारण यस्तो छ

काठमाडौं । संघीय गठवन्धनले अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ । संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका यादवलाई गठवन्धनको अध्यक्षबाट हटाइएको छ र राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई अध्यक्ष चयन गरिएको छ । मधेसी मोर्चासहितको गठवन्धनको शनिबार बसेको बैठकले यादवमाथि संविधान संशोधन नभई चुनावमा गएर जनतालाई धोका दिएको आरोप लगाएको छ । संघीय फोरम स्थानीय चुनावमा गए...
स्थानीय चुनावमा ३१६ जना निर्विरोध, एमालेको अग्रता

स्थानीय चुनावमा ३१६ जना निर्विरोध, एमालेको अग्रता

काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचनमा ३ सय १६ जना निर्विरोध निर्वाचित भएका छन् । र, यसमा नेकपा एमालेले अरू दलभन्दा अगाडि देखिएको छ । प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ स्थानीय तहमा हुने चुनावका लागि बैशाख १९ गते उम्मेदवारी दर्ता थियो भने उम्मेदवारी फिर्ताको प्रकृया पुरा गरेर चुनाव चिह्न समेत प्रदान गरिएको छ । निर्वाचन आयोगका अनुसार केही स्थानमा उम्मेदवारी दर्ता भएकै दिन र केहीमा उम्मेदवार...
माओवादी केन्द्रका कार्यकर्ताद्धारा नयाँ शक्तिका कार्यकर्तामाथी आक्रमण, जीप र मोटरसाइकल तोडफोड

माओवादी केन्द्रका कार्यकर्ताद्धारा नयाँ शक्तिका कार्यकर्तामाथी आक्रमण, जीप र मोटरसाइकल तोडफोड

गोरखा । नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा हिँडेका नेता, कार्यकर्तालाई बाटो छेकेर नेकपा माओबादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको नयाँ शक्ति पार्टीले आरोप लगाएको छ । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा आज साँझ माओवादी केन्द्रको आक्रमणबाट नयाँ शक्तिका कार्यकर्ता सुवास कुमाल, भीमबहादुर कुमाल, तिलक रम्तेल र दीपक कुमाल घाइते भएका छन् । उनीहरुको गोरखा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । माओवादी कार्य...
काँग्रेस-माओवादी केन्द्रका कार्यकर्ताबीच तीन ठाउँमा झडप, चौध घाइते

काँग्रेस-माओवादी केन्द्रका कार्यकर्ताबीच तीन ठाउँमा झडप, चौध घाइते

रुकुम । शनिबार जिल्लाका विभिन्न तीन ठाउँमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । चुनावी प्रचारप्रसारका क्रममा जिल्लाको मुसिकोट नगरपालिकाको एक ठाउँमा र चौरजहारी नगरपालिकाको दुई ठाउँमा दुई दलका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, रुकुमले जानकारी दिएको छ । मुसिकोट नगरपालिका–२ र चौरजहारी नगरपालिका– १२ र १४ मा छुट्टाछुट्टै झडप भएको प्रहरीको भनाइ छ । दुवै स्था...
प्रमुख आयुक्त आफैंले रोके नयाँ शक्ति र फोरमको मोटरसाइकल र्‍याली, २४ घण्टे स्पष्टीकरण माग

प्रमुख आयुक्त आफैंले रोके नयाँ शक्ति र फोरमको मोटरसाइकल र्‍याली, २४ घण्टे स्पष्टीकरण माग

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नयाँ शक्ति र फोरमको मोटरसाइकल र्‍याली रोकेका छन् ।शनिबार अनुगमनमा निस्किएका यादवले ललितपुरको महालक्ष्मी नगरपालिकामा निर्वाचन आचारसंहिता विपरित मोटरसाइकल र्‍याली निकालिएको भेटाएपछि तत्काल रोकेका हुन् । त्यहाँ दुबै दलले जनक थापालाई मेयरको उम्मेदवार बनाएका छन् । निर्वाचन आयोगले संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीलाई निर्वाचन आचारसंहिता उ...
भेनेजुयलामा सरकार र प्रतिपक्षीवीच दूरी बढ्दै

भेनेजुयलामा सरकार र प्रतिपक्षीवीच दूरी बढ्दै

काठमाडौँ । भेनेजुयलामा पछिल्ला केही हप्तायता राष्ट्रव्यापी आन्दोलन भएका खवर विश्वभरका सञ्चारमाध्यमले विशेष महत्वका साथ छापेका छन् । वामपन्थी नेता तथा यहाँका राष्ट्रपति निकोलस मादुरोमाथि आन्दोलनरत प्रतिपक्षी दलले जसरीपनि मादुरो सत्तामा रहिरहन चाहेको र यसै मक्सतलाई पूरा गर्न निर्वाचन प्रक्रियालाई ढिलो गराएको आरोप लगाएका छन् । विद्यार्थी आन्दोलन चर्किएको अवस्थामा वर्तमान् सरकारमाथि सत्तामा रहिरहन सम...
टर्कीका सय बढी न्यायाधिश र सरकारी वकिल निलम्वीत

टर्कीका सय बढी न्यायाधिश र सरकारी वकिल निलम्वीत

अङ्कारा। टर्कीका न्यायाधिश र सरकारी वकिल गरी १०७ जनालाई शुक्रबार निलम्बन गरिएको छ । गुलेन आन्दोलनमा सहभागी भएको र उनीहरुलाई समर्थन गरेको आरोपमा तीनलाई निलम्बन गरिएको सरकारी अधिकारीले जनाएका छन् । टर्कीको न्यायाधिश र सरकारी वकिलको उच्च परिषद्ले उनीहरुलाई निलम्बन गर्ने निर्णय गरेको सरकारी समाचार संस्था अनादुलले जनाएको छ । सन् २०१६ को जुलाई १५ मा राष्ट्रपति एर्डोेगानलाई सत्ताच्यूत गर्ने उद...
भारतको बिद्यालयमा रासायनीक ग्यास फैलियो, दुई सय विद्यार्थी अस्पताल भर्ना

भारतको बिद्यालयमा रासायनीक ग्यास फैलियो, दुई सय विद्यार्थी अस्पताल भर्ना

नयाँदिल्ली । भारतको एउटा विद्यालयका झन्डै २०० जना विद्यार्थी शनिबार अस्पताल भर्ना भएका छन् । विद्यालयमा पढाई भइरहेका बेला रासायनीक ग्यास फैलिएर विरामी भएपछि उनीहरुलाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । विषाक्त ग्यासका कारण विद्यार्थीको आँखा, घाटीलगायतका अङ्गमा नकारात्मक असर परेर अफ्ट्यारो भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । नयाँदिल्लीमा रहेको एक विद्यालय नजिकैको उद्योगका ला...
महोत्तरीमा एक सय बढी निलगाई फेला

महोत्तरीमा एक सय बढी निलगाई फेला

गौशाला । महोत्तरी जिल्लाको दक्षिणपश्चिम सीमानाकामा अवस्थित आधा दर्जन गाउँमा एक्कैसाथ एक सय भन्दा बढी निलगाई फेला परेको छ । स्थानीय बासिन्दाकाअनुसार जिल्लाको मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिन्डा, सम्सीलगायतका गाउँमा दुर्लभ वन्यजन्तुको रुपमा रहेको निलगाई एकसय भन्दा बढीको सङ्ख्यामा देखिएका छन् । यसअघि कहिले नदेखिएको गाईजस्तो तर निलोरङ्गको ती जनावर एक्कासि ती गाउँको वनमा आएपछि गाउँले ...
करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

सिन्धुली। सिन्धुलीको तीनपाटन गाउँपालिकामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तिनपाटन गाउँपालिका– २ निवासी ४७ वर्षीय खड्गप्रसाद श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो । तीनपाटनकै बेलघारीमा कुखुरा लिन जाने क्रममा चदाहा खोलामा करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलघारीका प्रहरी नायब निरीक्षक ज्ञानेन्द्र झाले जानकारी दिनुभयो । पैदल हिँड्ने क्रममा श्रेष्ठले अचानक नाङ्...
नगरपालिका र गाउँपालिकाका पदाधिकारीको तलब तोकियो, कसले कति तलब पाउँछन ?

नगरपालिका र गाउँपालिकाका पदाधिकारीको तलब तोकियो, कसले कति तलब पाउँछन ?

काठमाण्डौ । स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा सविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था गरिएको छ। ऐनको मस्यौदा संसदबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ। तर अहिले स्थानीय विकास मन्त्री नभएका कारण ऐनको मस्यौदा संसद पुग्न सकेको छैन। मन्त्रालयका सचिव दिनेश थपलियाका अनुसार द...
सर्वोच्चको फैसलाले संसद्को विशेषाधिकारमाथि हस्तक्षेप गरेको सत्तापक्षको ठहर

सर्वोच्चको फैसलाले संसद्को विशेषाधिकारमाथि हस्तक्षेप गरेको सत्तापक्षको ठहर

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी) केन्द्रको बैठकले सर्वोच्च अदालतको फैसलाले संसदको विशेषाधिकारमाथि हस्तक्षेप गरेको ठहर गरेको छ । सर्वोच्चले प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्कन दिएको आदेशपछि आज साँझ सिंहदरबारमा बसेको बैठकले जनप्रतिनिधिको सर्वोच्च संस्था व्यवस्थापिका–संसद्माथि हस्तक्षेप गरेर जनप्रतिनिधिको अधिकार कुण्ठित भएको निष्कर्ष निकालेको हो । सर्वोच्चले पटक–प...
विमानस्थलबाट सुनसहित प्रधिकरणका अधिकृत पक्राउ

विमानस्थलबाट सुनसहित प्रधिकरणका अधिकृत पक्राउ

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका आठौँ तहका अधिकृतसहित दुई जना ४० तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पक्राउ परेका छन् । कतार एअरवेजको विमान हुँदै कतारको दोहाबाट काठमाडौँ आइपुगेका यात्रु मनिष रिमाल विमानस्थलबाट ओर्लिएलगत्तै प्राधिकरणका अधिकृत किशोरकुमार खत्रीले रिमालको सो सुन आफ्नो साथमा लिएका थिए । विमानस्थल भन्सारका प्रमुख नारायण सापकोटाले शङ्कास्पद गतिविधि देख...
‘एमाले देशभक्त र राष्ट्रियताका पक्षमा अडिग’

‘एमाले देशभक्त र राष्ट्रियताका पक्षमा अडिग’

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल सबैको साझा भएको बताउनुभएको छ । एमाले पार्टी कार्यालय धूम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्याक्रममा उहाँले एमाले देशभक्त र राष्ट्रियताका पक्षमा सधैँ अडिग र लोकतन्त्रको पक्षधर पार्टी भएकोे जिकिर गर्नुभयो । अर्काे प्रसङ्गमा उहाँले स्थानीय निर्वाचनमा राप्रपासँग तालमेल गर्नाको कारण स्थानीय आवश्यकता र राष्ट्रिय विषय हो भन्दै उहाँले यो देश...
वैशाख २५ देखि ३१ सम्म शिक्षण संस्था बिदा, ३१ गते सार्वजनिक बिदा

वैशाख २५ देखि ३१ सम्म शिक्षण संस्था बिदा, ३१ गते सार्वजनिक बिदा

काठमाडौँ । सरकारले यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि वैशाख २५ गतेदेखि ३१ सम्म प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लाका सबै शिक्षण संस्थालाई बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी निर्वाचनका दिन वैशाख ३१ गते सबै सरकारी कार्यालय, अर्धसरकारी र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइने जनाएको छ ।
प्रधानन्यायाधीश कार्कीलाई काममा फर्कन सर्वोच्चद्धारा बाटो खुल्ला

प्रधानन्यायाधीश कार्कीलाई काममा फर्कन सर्वोच्चद्धारा बाटो खुल्ला

काठमाडौँ । व्यवस्थापिका–संसद्मा महाभियोगको प्रस्ताव दर्ता भएपछि आफ्नो काम सम्पादन गर्नबाट वञ्चित प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्कन बाटो खुला भएको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजालाले आज व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव यथास्थितिमा राखी आजैदेखि काम गर्न दिनू भनी अन्तरिम आदेश जारी गरेको छ । आदेशमा भनिएको छ, “व्यवस्थापिका–संसद्मा आइतबार दर्ता भएको महाअभ...
झन्डै डेढ हजारले उम्मेदवारी फिर्ता लिए

झन्डै डेढ हजारले उम्मेदवारी फिर्ता लिए

काठमाडौँ। स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमध्ये एक हजार ४९८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पहिलो चरणको निर्वाचनमा १३ हजार ५६५ पदका लागि हुने निर्वाचनमा ४९ हजार २०७ जनाको उम्मेवारी परेको थियो । निर्वाचन आयोगका अनुसार काठमाडाँैमा ५४, ललितपुरका ३५, भक्तपुरमा ३२ काभ्रे २६, सिन्धुपाल्चोकमा ४५, नुवाकोटमा ७२, धादिङमा ५७, रसुवामा २७, सिन्धुलीमा १६, रामेछापमा ३३ द...
‘रंगीन साँझ’ मा गुन्योचोली लगाउँदा ज्योतिलाई गाह्रो भो

‘रंगीन साँझ’ मा गुन्योचोली लगाउँदा ज्योतिलाई गाह्रो भो

टोकियो । गुन्योचोलीमा सजिएर गायिका ज्योति मगर स्टेज उक्लिँदा मेगुरो कुमिन सेन्टरमा उपस्थित दर्शकहरु अचम्ममा परे । प्रायः कार्यक्रममा छोटा पहिरनाका कारण बिवादित हुने गरेकी ज्योतिलाई एक्कासी गुन्योचोलीमा देख्दा दर्शकहरु अचम्म पनि किन नपरुन् त ? गुन्योचोलीमै उनले ‘नयनमा गाजल कालै राम्रो’ गीत पनि गाइन् । लगत्तै ज्योतिले दर्शकतिर इसारा गर्दै गुन्योचोली दर्शकहरुको चाहाना नभएको र आफूलाई पनि अप्ठ्यारो...
सुर्खेतमा ‘पानी राजनीति’: कांग्रेस–एमालेका आ–आफ्नै कुवा

सुर्खेतमा ‘पानी राजनीति’: कांग्रेस–एमालेका आ–आफ्नै कुवा

सुर्खेत। प्रदेश ६ को दक्षिणी प्रस्थानविन्दु भेरीगंगा नगरपालिकाको मध्यभागबाट भेरी नदी बग्छ । भेरीको पानी डाइभर्सन गरेर बबईसम्म पुर्‍याउन राष्ट्रिय गौरवको आयोजनाले गति लिइसकेको छ । तर, भेरी वरपरका बस्तीहरू भने सधैं काकाकुलझैं छन् । स्थानीय तहको निर्वाचनमा होमिएका उम्मेदवारहरूका लागि खानेपानी मुद्दा यहाँ मुख्य नारा बन्ने नै भयो । त्योभन्दा बढी वडा नं. ९ को ‘पानी राजनीति’ रोचक देखिएको छ । मुख्य...
महोत्तरीमा आधा किलोसम्मको असिना र बर्षा, लाखौँको क्षति

महोत्तरीमा आधा किलोसम्मको असिना र बर्षा, लाखौँको क्षति

गौशाला। महोत्तरी जिल्लामा गएराति आधा किलोसम्मको असिना झरेसँगै भारी वर्षा भएको छ । तीव्र गतिको हावाहुरीसँगै सुरुमा सुक्खा ५० ग्रामदेखि पाँचसय ग्रामसम्मका असिना खसेको थियो भने त्यसपछि भारी वर्षा भएका कारण जिल्लाका विभिन्न गाउँठाउँमा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सुक्खा असिना, हावाहुरी र वर्षाका कारण दर्जनौँ घरका छाना उडाएको छ भने कतिको घर, गोठ, पसलसमेत भत्काएको स...
काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, आठ घाइते

काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, आठ घाइते

रुकुम। रुकुममा विहिबार दिउँसो नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–६ मा झडप हुँदा आठजना घाइते भएका छन् । झडपका क्रममा नेपाल तरुण दलका तीन र वाइसिएलका पाँचजना कार्यकर्ता घाइते भएको बताइएको छ । नेपाली काँग्रेसनिकट नेपाल तरुण दलको आन्तरिक बैठक बसिरहेको अवस्थामा वाइसिएलले आक्रमण गर्न छोजेपछि झडप भएको तरुण दलका वडाध्यक्ष उम्मेदबार विनोद ...
मेयरका उम्मेदवारको घरमा सकेट बम भेटियो

मेयरका उम्मेदवारको घरमा सकेट बम भेटियो

फलेवास (पर्वत) । आसन्न स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुख पदका उम्मेदवार रामचन्द्र जोशीको घरमा आज सकेट बम भेटिएको छ । नेपाली काँग्रेसका नेता जोशीको घरको भुइँतलामा रहेको उनकै कार्यालयमा प्लास्टिकभित्र राखिएको अवस्थामा बम फेला परेको हो । उक्त बम नेपाली सेनाको रणदल गुल्मको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।
पोखरीमा बालिकाको शव फेला

पोखरीमा बालिकाको शव फेला

वैशाख । महोत्तरीको सोनमा गाउँपालिकामा एक बालिकाको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको छ । आज एकाबिहानै साबिकका सुन्दरपुर गाविस–४ का विनोद रामकी ८ वर्षीया छोरी चञ्चला राम मृतावस्थामा पोखरीमा फेला परेकी छन् । गाउँभन्दा पाँचसय मिटर दूरीमा रहेको स्थानीयवासी गोवद्र्धन रायको पोखरीमा ती बालिकाको शव तैरिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । बुधबार दिनभरि हराइरहेक...
राजधानीकै विद्यालयबाट विद्यार्थीको रहस्यमय अपहरण

राजधानीकै विद्यालयबाट विद्यार्थीको रहस्यमय अपहरण

काठमाडौं । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट बुधबार दिनदहाडै ५ विद्यार्थी अपहरणमा परेका छन् । स्कुल लाग्नु केही मिनेटअघि विद्यालयको  कम्पाउन्डबाहिर रहेको चौरमा खेलिरहेका ती विद्यार्थी अपहरणमा परेका थिए । मुखमा माक्स र हातमा पन्जा लगाएर आएका तीन जना अपहरणकारीले उनीहरुलाई चौरबाट मुख थुनेर बागमती खोलाको किनारैकिनार ललितपुरको शंखमूल पुर्याएका थिए । कक्षा ३ मा अध्ययनरत नवउद्दिन मन्...
तपाईको निन्द्रामा समस्या छ ? यसो गर्नुहोस्

तपाईको निन्द्रामा समस्या छ ? यसो गर्नुहोस्

यदि तपाईलाई निन्द्रामा समस्या छ भने एकपटक वास्तुतर्फ ध्यान दिन जरुरी छ । वास्तु दोषको कारण निन्द्रा डिस्टर्व हुने गर्दछ । घरको वास्तुले हाम्रो दैनिक जिवनमा गहिरो प्रभाव पारेको हुन्छ । हामीले सामान्यतया यस्ता कुरालाई वेवास्ता गर्ने गर्छौ र समस्याको समाधानका लागी अरु तिरै भौतारिने गर्छौ । थाहा पाउनुस् वास्तुशास्त्रले निद्रामा कस्तो असर गर्छ । १. कैयौ अवस्थामा हामीले आफु अनुकुल प्रयोग गर्न ...
error: Content is protected !!