भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आज यहाँ आयोजित रक्तदान कार्यक्रमको आफैले रक्तदान गरी शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा उहाँले यस नगरपालिकाको विकास र नगरलाई समृद्ध बनाउने अभियानमा लागिसकेको बताउँदै आगामी पाँच वर्षमा नगरको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेकपा एमाले मध्यपुरथिमि नगर समितिले थिमिको बालकुमारी मन्दिर प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका थिए ।
रगतको अभाव पूरा गर्न र युवापुस्तालाई सामाजिक सेवामा लाग्न अभिपे्ररित गर्ने तथा स्थानीय निकायको निर्वाचन सफल पार्ने मतदातालाई धन्यवाद दिन कार्यक्रम आयोजना गरेको एमाले मध्यपुर संयोजक बचन देउजाले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!