म्याग्दी । मङ्गला गाउँपालिका–२ बाबियाचौरमा करेन्ट लागेर आज एक बालकको ज्यान गएको छ । खिमबहादुर घर्तीका दुई वर्षीय छोरा नवीनको बिजुलीको तारसँग अचानक सम्पर्कमा आउँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

करेन्ट लागेर उनीसँगै खेल्दै गरेका बेनी नपा–५ घर भई दिदीको घरमा गएका ११ वर्षका हिमाल किसानसमेत घाइते भएका छन् । खेलौना बिजुलीको तारमा अल्झिएपछि निकाल्ने क्रममा उनीहरुलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका नवीनलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । अर्का घाइते हिमालको भने उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!