बनेपा । लोपोन्मुख सालकको संरक्षण गर्न काभ्रेपलाञ्चोकको दुई सामुदायिक वन उपभोक्ता समितिका उपभोक्तालाई आज पाँचखालमा व्यावसायिक तरकारीखेती सम्बन्धी तालिम दिइएको छ ।

Advertisement

तरकारी खेतीमा आउने धमिरा तथा कमिला सालकको आहारा भएकाले व्यावसायिक तरकारी खेतीको माध्यमबाट सालकको बासस्थान सुरक्षित गर्न सकिने विश्वास कृषकले गरेका छन ्।

उनीहरुले भनेका छन् – कृषिका लागि शत्रुजिव मानिएका धमिरा र कमिला खाएर सालकले हाम्रो कृषि उत्पादन बढाउँछ । त्यसैले हामीले अर्गानिक तरकारी खेती नै गर्नुपर्छ ।

ज्याम्दीको बासखर्क सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रमेशप्रसाद पराजुलीले व्यावसायिक तरकारीखेतीमा आउने धमिरा तथा कमिलालाई आहार बनाएर सालकले तरकारीखेतीको समेत संरक्षण गर्ने उल्लेख गर्दै सालक कृषकको साथी भएको बताउनुभयो ।

धुलिखेलको कटुवापाखा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष वेदप्रसाद बडालले अर्गानिक खेतीको माध्यमबाट सालकको संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो ।

प्राकृतिक सम्पदा नेपालकी अनुसन्धानकर्ता प्रतिभा कसपालका अनुसार सालकको बासस्थानमा अवरोध खडा नगर्न र तरकारी खेतीमा आउने धमिरा तथा कमिला सालकको आहारा हो भन्ने कुरा कृषकलाई बुझाउन तरकारीखेती तालिम सञ्चालन गरिएको हो ।

जिल्लाको बासखर्क र कटुवापाखा सामुदायिक वन उपभोक्ता समितिका करिब २५ जना उपभोक्ता तरकारीखेती तालिममा सहभागी छन् । ती सामुदायिक वन सालकको लागि बासस्थान सुरक्षित भएको क्षेत्र भएकाले अनुसन्धानसमेत गरिएको छ । सालकको मुख्य आहारा नै धमिरा तथा कमिला हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!