डोटीका ९ स्थानीय तहका ५१ वडाको परिणाम सार्वजनिक
डोटी । डोटी जिल्लाका ९ स्थानीय तहमा रहेका जम्मा ६५ वडाहरुमध्ये हालसम्म ५१ को परिणाम सार्वजनिक भएको छ ।
प्राप्त परिणाम अनुसार नेपाली कांग्रेसले २५ वडामा बिजयी प्राप्त गरेर पहिलोस्थानमा रहेको छ ।
एमालेले २३ वडाहरुमा जितेको छ । माओवादी केन्द्रले ३ वडाहरु जित हात पारेको छ ।
कांग्रेसले के आई सिंहमा एकलौटी जित हात पारेको छ । ७ वडा रहेको यस गाउँपालिकामा सदस्यहरु सहित ७ वटै वडाहरु कांग्रेसको पोल्टामा...
