खानेपानीमा भेटियो अत्यधिक हानिकारक : कोलिफर्म दिशामा पाइने जिवाणु

खानेपानीमा भेटियो अत्यधिक हानिकारक : कोलिफर्म दिशामा पाइने जिवाणु

नुवाकोट। नुवाकोटको विभिन्न स्थानका बासिन्दाले उपभोग गर्दै आएको खानेपानीमा मानव स्वास्थ्यका लागि अत्यधिक हानिकारक कोलिफर्म दिशामा पाइने जिवाणु भेटिएको छ । नेपाली हेल्थ अनलाइन पत्रिकाले विदुरमा शनिबार आयोजना गरेको ‘महामारी रोग र स्वास्थ्य सेवा’ विषयक अन्तक्र्रियामा स्वास्थ्य कार्यालय नुवाकोटका स्वास्थ्य निरीक्षक राममणि घिमिरेले जिल्लाको मुख्य छ स्थानबाट लिएको नमूना परीक्षणमा सबै स्थानको पानीको मु...
चार दिनदेखि बेपत्ता छन् कृषि बैंकका कर्मचारी दीपेन्द्र

चार दिनदेखि बेपत्ता छन् कृषि बैंकका कर्मचारी दीपेन्द्र

फलेवास ।  कृषि विकास बैंक, कुश्मा शाखामा कार्यरत कर्मचारी विगत चार दिनदेखि बेपत्ता भएका छन् । पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवाका दीपेन्द्र गौडेल असार २२ गतेदेखि बेपत्ता हुनुभएको हो । बुधबार साँझ कार्यालयबाट घर फर्किएर खाना खाएर सुतेका गौडेल बिहीबार बिहान ४ बजेदेखि सम्पर्कमा हुनुहुन्न । लामो समयदेखि बैंकमा कार्यरत गौडेल इमान्दार कर्मचारीका रुपमा परिचित रहनुभएको थियो । बैंकमा लेखापाल पदमा कार्य...
आजदेखि रात्रिकालीन समयमा नारायणगढ–मुग्लिन सडक बन्द

आजदेखि रात्रिकालीन समयमा नारायणगढ–मुग्लिन सडक बन्द

चितवन । पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि रातिको समयमा यातायात आवागमन बन्द गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै मुग्लिनदेखि जलवीरेसम्मको सात किलोमिटर क्षेत्र पहिरोको बढी जोखिममा देखिएका कारण रात्रिकालीन समयमा सवारी आवागमन जोखिमयुक्त भएकाले आवागमन बन्द गर्नुपरेको जनाएको छ । व्यवस्थापिका–संसद्, विकास समिति र जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशनअनुस...
महोत्तरी अस्पतालमा डिजिटल एक्सरे मेसिन

महोत्तरी अस्पतालमा डिजिटल एक्सरे मेसिन

महोत्तरी ।  महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पतालमा करिब रु १३ लाख पर्ने डिजिटल एक्सरे मेसिन ल्याइएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा करिब रु १३ लाखको लागतमा तीन सय एमए पावर भएको सिआर मेसिन जडित डिजिटल एक्सरे मेसिन ल्याएको छ । सो अस्पतालमा रहेको पुरानो एक्सरे मेसिन एक वर्ष अगाडिदेखि बिग्रिएर थन्किएको र सानो मेसिन पनि विगत केही दिनदेखि बिग्रिएर कामै नलाग्ने भएपछि अस...
कालीगण्डकी किनारमा शिक्षकको शव

कालीगण्डकी किनारमा शिक्षकको शव

फलेवास । बेवारिसे रुपमा कालीगण्डकी नदी किनारमा भेटिएको शव बेपत्ता शिक्षक नारायण पौडेलको भएको प्रहरीले पुष्टि गरेको छ । डिएनए परीक्षणमा शव बेपत्ता शिक्षककै भएको पुष्टि भएको प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो । “शवसँग पौडेलका बाबु, आमाको रगत पठाएका थियौँ, डिएनए परीक्षणमा मिलेको रिपोर्ट प्राप्त भएको छ”, उहाँले बताउनुभयो । कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित आइबल एकेडेमीका शिक्ष...
बागमती पसे  मन्त्री

बागमती पसे मन्त्री

काठमाडौं । सहरी विकास मन्त्री प्रभु साह बागमती सफाई अभियानमा सहभागी भएका छन् । २ सय १७ औं हप्ताको सफाई अभियानमा मन्त्री साह आज शनिबार नयाँ पुल त्रिपुरेश्वर गुसिङ्गालमा सहभागी भएका हुन् । मन्त्री साहले यो अभियानलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन प्रविधिको प्रयोग आवश्यक रहेको बताए । बागमती नेपालको गौरव भएको उल्लेख गर्दै मन्त्री साहले सफाई अभियानलाई पूर्णता दिन ढलको उचित व्यवस्थापनका साथै जग्गा...
फरार अभियुक्त पक्राउ

फरार अभियुक्त पक्राउ

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा भूकम्पका कारण कारागार भत्केपछि फरार भएका मानव बेचबिखन तथा ओसारपासरका अभियुक्त बनेपाबाट पुनः पक्राउ परेका छन् । जिल्लाको साँगाचोकगढी नगरपालिका–९ बस्ने २६ वर्षीय सन्तोष कार्कीलाई जिल्ला अदालत सिन्धुपाल्चोकले मानव बेचबिखन तथा ओसारपार मुद्दामा १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । फैसला कार्यान्यवनका क्रममा प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको काभ्र...
काठमाडौँबाट वीरगन्ज जाँदै गरेको बसको ठक्करबाट दुईको मृत्यु

काठमाडौँबाट वीरगन्ज जाँदै गरेको बसको ठक्करबाट दुईको मृत्यु

चितवन । पूर्वी चितवनको भण्डारामा बसको ठक्करबाट आज बिहान दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयल चितवनका अनुसार काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना ६ ख ९०११ नंको बसले आज बिहान ३ः४० बजे राप्ती नगरपालिका–५ भण्डारा चोकमा बाटो काट्दै गरेका राप्ती–५ बस्ने ४५ वर्षीय लाटो भनिने माहिला तामाङ र ४० वर्षीया ठूलीमाया भनिने फूलमाया लोक्चनलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका उनीहरुको उपचा...
‘बलात्कारी’लाई खुलेअाम चाैरमा महिलाहरूकाे रामधुलार्इ

‘बलात्कारी’लाई खुलेअाम चाैरमा महिलाहरूकाे रामधुलार्इ

एजेन्सी । भारतमा बालिका बालत्कार गरेको आरोपमा केही स्थानीय महिलाहरुले एक व्यक्तिलाई बाँधेर कुटेका छन् । यस घटनाको भिडियोसमेत सार्वजनिक भएको छ । भिडियोमा तीन महिलाहरुले एक पुरुषलाई घेरिरहेको देखिन्छ । पुरुषको दुवै हात पछाडि लगेर बाँधिन्छ र उसलाई एउटा लामो डोरीले जमिनमा घिसार्दै छडीले हिर्काइन्छ । महिलाहरुले आलोपालो गरी आरोपीमाथि लौरो वर्षाइ इरहँदा थुप्रै अन्य महिला तथा केटाकेटीहरुले हेरिरहेका हुन्...
रुकुममा पहिलोपटक दम्पतीका नाममा लालपूर्जा

रुकुममा पहिलोपटक दम्पतीका नाममा लालपूर्जा

रुकुम ।आठबिसकोट नगरपालिकाका एक जोडीले पहिलोपटक संयुक्त जग्गाधनी पूर्जा बनाएका छन् । घर जग्गामा दुवैको समान अधिकार स्थापित गर्न आठबिसकोट नगरपालिका–११ का लालवीर कामी र विमला कामीले जिल्ला मालपोत कार्यालयमार्फत संयुक्त जग्गाधनी पूर्जा बनाएका हुन् । सरकारले केही वर्ष पहिलेदेखि नै संयुक्त जग्गाधनी पूर्जाको मान्यता दिए पनि यस जिल्लामा भने पहिलोपटक श्रीमान्को नाममा भएको जग्गा श्रीमान् र श्रीमतीको नाममा...
आगलागीमा एकै परिवारका चारको मृत्यु

आगलागीमा एकै परिवारका चारको मृत्यु

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी एकै परिवारका चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । पश्चिमी दिल्लीको सिमापुरी क्षेत्रमा रहेको एक भवनमा सो आगलागी भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान ०३ बजे सो आगलागी सुरु भएको हो । भवनभित्र भीषण लागलागीमा परी चार व्यक्ति म...
सार्वजनिक ठाउँमा धुम्रपान गर्ने ४१ जना कारवाहीमा

सार्वजनिक ठाउँमा धुम्रपान गर्ने ४१ जना कारवाहीमा

कपिलवस्तु । कपिलवस्तुमा जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त पहलमा सार्वजनिक स्थानमा धुम्रपान गर्ने ४१ जनालाई कारवाही गरिएको छ । जिल्लास्तरीय अनुगमन तथा निरीक्षण समितिको अनुगमनमा खटिएको टोलीले कपिलवस्तुको सदरमुकाम तौलिहवा लगाएत पकडी, पिपरा, कृष्णनगर, चन्द्रौटा र गोरुसिङ्गेमा गरी असार २२ गते सम्म जम्मा ४१ जनालाई कारवाही गरेको हो । कारवाहीमा परेकाहरूबाट चार हजार एक सय रुपैय...
अस्पताल सुधार्न खोज्दा सरुवाको धम्की

अस्पताल सुधार्न खोज्दा सरुवाको धम्की

भक्तपुर ।अस्तव्यस्त बन्दै गएको अस्पतालको सेवा सुधार्न खोज्दा अस्पतालकै चिकित्सकदेखि कर्मचारी समेतले सरुवाको धम्की दिएको भक्तपुर जिल्ला अस्पतालको सुपरिटेन्डेन्ट डा सुधा देवकोटाले बताउनुभएको छ । डा हरि केसीको सरुवा भएपछि सो पदमा सरुवा भएर आउनुभएकी देवकोटाले अस्पतालको सेवा सुधार्दै २४ सै घन्टा सेवा दिने निर्णय गरेपछि सरुवाको धम्की आएको बताउनुभएको हो । अस्पतालको तलब खाएर निजी अस्पतालमा जाने र ...
भरतपुर मतगणना विवादको सुनुवाइ सोमबार

भरतपुर मतगणना विवादको सुनुवाइ सोमबार

काठमाडौँ । भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ फेरि सोमबारका लागि सरेको छ । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलाशमा सुनुवाइ शुरु भए पनि आज नभ्याउने भएपछि सुनुवाइ सोमबारका लागि सारिएको हो । यो विवादमा यसअघि कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलाशले मतगणनाका क्रममा च्यातिएका मतपत्रसहित सक्कल कागजपत्र ल्याउन...
ट्रकको ठक्कर बाट एक व्यक्ति गम्भिर घाइते

ट्रकको ठक्कर बाट एक व्यक्ति गम्भिर घाइते

रौतहट। चन्द्रनिगाहपुरमा ट्रकको ठक्कर बाट एक व्यक्ति गम्भिर घाइते भएका छन । पुर्ब पश्चिम महेन्द्र राजमार्गको चन्द्रपुर ४ चन्द्रनिगाहपुरमा ट्रकको ठक्करबाट चटपटे व्यापारी रौतटहको पिपरापरोहा घर भएका हरिओम साह गम्भिर घाइते भएका छन । पश्चिमबाट पुब तर्र्फजान लागेको ना ५ ख ५९ नम्बरको ट्रकको ठक्करबाट ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । घाईते साहको चन्द्रनिगाहपुर स्थित अस्पतालमा प्राथमिक उ...
बेनी–जोमसोम सडक अवरुद्ध

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी। कालीगण्डकी नदीमा आएको बाढीले सडक कटान गर्दा बेनी–जामेसोम सडक अबरुद्ध बनेको छ । म्याग्दीको सदरमुकाम बेनीदेखि हिमाली जिल्ला मुस्ताङसँग जोडिने बेनी–जोमसोम राष्ट्रिय राजमार्ग अवरुद्ध बनेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने भिरकाटेमा काली गण्डकीले करिब एक सय मिटर सडक कटान गरेपछि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा शुक्रबारदेखि सिधा यातायात सेवा अवरुद्ध भएको हो । पहाडको ...
औलोको जोखिम न्यूनीकरण गर्न सत्तरी हजार निःशुल्क झूल वितरण

औलोको जोखिम न्यूनीकरण गर्न सत्तरी हजार निःशुल्क झूल वितरण

कञ्चनपुर।  कञ्चनपुरमा औलोको उच्च जोखिमा रहेका ७० हजार बासिन्दालाई कीटनाशक झूल निःशुल्क वितरण गरिएको छ । औलो बढी देखिएका वेदकोट, कृष्णपुर, पुनर्वास नगरपालिका क्षेत्रका बासिन्दालाई जिल्ला जनस्वास्थ्य कार्यालयले ग्लोबल फन्डको सहयोगमा ७० हजार कीटनाशक झूल निःशुल्क वितरण गरिएको हो । कार्यालयका औलो शाखा प्रमुख हेमराज जोशीले भन्नुभयो, “गर्भवती महिला, अपाङ्ग र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी झूल वितर...
छड्के निरीक्षणमा पुगेका गृहमन्त्रीले  के भेटे विमानस्थलमा ?

छड्के निरीक्षणमा पुगेका गृहमन्त्रीले के भेटे विमानस्थलमा ?

काठमाडौं ।  गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के निरीक्षण गरेका छन् । बिहीबार साँझ अकस्मात विमानस्थल  पुगेका गृहमन्त्री  शर्माले गृह प्रशासन मातहतका ईकाईहरुको काम कारवाहीबारे निरीक्षण गरेको हो ।  उनी सिँहदरबारबाट सुरक्षा निकायलाई कुनै खवरै नगरी अकस्मात विमानस्थलको गतिविधि निरिक्षणका लागि निस्केका  थिए । अध्यागमन विभागका विभिन्न इकाईहरुको काम कारवाही त...
भरतपुरको मुद्दा न्यायाधीशद्वय ढुंगाना र सिन्हाको इजलासमा

भरतपुरको मुद्दा न्यायाधीशद्वय ढुंगाना र सिन्हाको इजलासमा

काठमाडौं। भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामा शुक्रबार पेसी तोकिएको छ। सर्वोच्च अदालत स्रोतका अनुसार सो मुद्दा आज न्यायाधीशद्वय मिरा ढुंगाना र अनिल सिन्हाको इजलासमा सुनुवाइ हुने छ। यसअघि कायममुकाय प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले यो मुद्दा हेर्दै आएको थियो। आज सुनुवाइ सुरु भए यो मुद्दाका दुबै पक्षको ब...
सर्पले टोकेर एक बालकको मृत्यु

सर्पले टोकेर एक बालकको मृत्यु

कपिलवस्तु। वर्षा सुरु भएसँगै तारई मधेसमा सर्पको विगविगि हुन थालेको छ । बिषालु सर्पको टोकाईवाट कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा एक बालकको मृत्यु भएको छ । अर्घाखाँचीको सितगंगा नगरपालीका शिद्धारा स्थायी घर भई हाल चन्द्रौटामा वस्दै आएका अन्नत सापकोटाका ८ वर्षीय छोरा शिशिरको सर्पको टोकाइबाट ज्यान गएको हो । गएराती १० वजे विस्तारामा सुतिरहेको अवस्थामा बालकलाई सर्पले डसेको हो । सर्पको टोकाईवाट...
मेलमिलाप आयोगद्वारा उजुरी छानबिन शुरू‍

मेलमिलाप आयोगद्वारा उजुरी छानबिन शुरू‍

दाङ। सत्य निरुपण तथा मेलमिलाप आयोग, मुकाम तुलसीपुरले सङ्क्रमणकालीन न्यायको सन्दर्भमा परेका निवेदनमा छानबिन शुरू‍ गरेको छ । आयोगका शाखा अधिकृत पूर्णबहादुर केसीले आयोगमा परेका उजुरीमाथि छानबिन शुरू‍ गरेको बताए । प्रदेश नं ५ मा १६ हजार उजुरी परेकामा मुकाममा  एक हजार पाँचवटा प्राप्त गरेको बताए ।  घोराहीमा आयोजना गरिएको रोकारवालासँगको छलफल कार्यक्रममा उनले  यस्तो जानकारी दिएका हुन् । अहिले परेका उजुर...
सानोसिरुवारी गाउँमा दुई करोड लागतको खानेपानी योजना

सानोसिरुवारी गाउँमा दुई करोड लागतको खानेपानी योजना

चौतारा ।  खानेपानीको समस्या झेलिरहेको सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरुवारी गाउँमा पौने दुई करोड रुपैयाँको लागतमा खानेपानी योजना सञ्चालन गरिएको छ । आसपास खानेपानीको मूलको अभाव तथा भएका मूल पनि भूकम्पबाट सुकेपछि गाउँदेखि डेढ किमी तल रहेको मजुवा खोलाबाट लिफ्टिङद्वारा पानी तानेर खानेपानी योजना सञ्चालन गरिन लागेको हो । साबिक सेलाङ गाविस हाल जुगल गाउँपालिकामा पर्ने थालखर्क मुह...
नागढुङ्गामा पुरुष मृत फेला

नागढुङ्गामा पुरुष मृत फेला

पोखरा। पोखरा–लेखनाथ महानगरपालिका–८ नागढुङ्गामा बिहीबार एक पुरुष मृतावस्थामा फेला परेका छन् । सो ठाउँमा निर्माणाधीन चरक मेमोरियल अस्पतालमा तीन÷चार महिनादेखि ज्यामी काम गर्ने रौतहट घर भएका ४० वर्षीय मोहन मैनाली आफू सुत्ने कोठा अगाडि मृतावस्थामा भेटिएकोे वडा प्रहरी कार्यालय वैदामले जनाएको छ । उनको शवपरीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको वताइएको छ ...
बैतडीमा  बस दुर्घटना : पाँचजना घाइते

बैतडीमा बस दुर्घटना : पाँचजना घाइते

बैतडी । काठमाडौँबाट गन्नाका लागि छुटेको यात्रुवाहक बस आज बिहान महाकाली राजमार्र्गअन्तर्गत बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डमा दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बैतडीको सुर्नया–३ का २४ वर्षीय गाडी चालक रामदत्त भट्ट, डोटी गैराका १८ वर्षीय गाडी स्टाफ लोकेश बोहरा, डडेल्धुरा जोगबुढा–२ का गाडी स्टाफ भरत बिष्ट, बैतडी दोगडाकेदार–७ का हरिसिंह कार्की र सोही ठाउँ बस्ने १७ बर्षीय ...
रूखको हाँगाले च्यापिएर महिलाको मृत्यु

रूखको हाँगाले च्यापिएर महिलाको मृत्यु

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–२ की एक महिलाको बिहीबार रूखको हाँगाले च्यापिएर मृत्यु भएको छ । मृत्यु हुनेमा ३४ वर्षीया सिरमाया श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । धारामा पानी लिनजाने क्रममा कटुसको रूखको हाँगा भाँचिएर च्याप्दा ती महिलाको घटनास्थलमा नै मृत्यु भएको हो । शवपरीक्षणका लागि दमौली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
मोरङको  रंगेली नगरपालिकामा माअाेवादी विजयी

मोरङको रंगेली नगरपालिकामा माअाेवादी विजयी

माेरङ।  माेरङको रंगेली नगरपालिका मेयरमा माअाेवादीका उम्मेदवार  दिलिपकुमार अग्रवालले जित हासिल गरेका छन् । अग्रवालले १८८२ मतान्तरले प्रतिद्वन्द्वी  का‌ंग्रेसका उम्मेदवार  मोदराज घिमिरेलाई  हराएका हुन् । अग्रवालले ८०६८ मत प्राप्त गरेका छन् भने का‌ंग्रेसका उम्मेदवार घिमिरेले ६१८६ मत पाएका छन् । त्यसैगरी, उपमेयरमा पनि माअाेवादी केन्द्रकी केशवकुमारी खरेलले बाजी मारेकी छन् । उनले  ५७२० मत पाएकी छन् ...
गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी

गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी

इलाम।   इलामको दक्षिणी चुलाचुली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रदीपचन्द्र राईले अधिकार दुरुपयोग गरेको भन्दै गाउँपालिकाका राजनीतिक दलहरूको गठबन्धनले गाउँपालिका अध्यक्षको कार्यकक्षमा बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् । गाउँसभाको सदस्यका लागि अल्पसङ्ख्यक जातिलाई सूचीकृत गरेको ठाउँमा वडा नं १ का मुलुकसिंह राई र वडा नं ३ का रामप्रसाद राईलाई मनोनीत गरेर अध्यक्षले अधिकारको दुरुपयोग ...
सात वर्षीया बालिका बलात्कारको आरोपमा १४ वर्षका बालक पक्राउ

सात वर्षीया बालिका बलात्कारको आरोपमा १४ वर्षका बालक पक्राउ

  नुवाकोट । विदुर नगरपालिका– ३ का १४ वर्षका एक बालक बलात्कारको अभियोगमा पक्राउ परेका छन् । छिमेकी सात वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै अभिभावकले दिएको किटानी जाहेरीको आधारमा पक्राउ परेका बालकलाई नुवाकोट जिल्ला अदालतमा जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । एक साताअघि बालिकाको घरमा नै बालकले अनुचित कार्य गरेको अभिभावकले देखेपछि दिएको सूचनाको आधा...
बङ्गलादेशमा विपक्षी दलका कैयौँ व्यक्ति गैर कानुनी थुनामा राखिएको खुलासा

बङ्गलादेशमा विपक्षी दलका कैयौँ व्यक्ति गैर कानुनी थुनामा राखिएको खुलासा

ढाका । बङ्गलादेशको सरकारले विपक्षी दलका कैयाँ कार्यकर्तालाई गैर कानुनी रुपमा थुनामा राखेको रहस्योद्घाटन भएको छ । बङ्गलादेशका सुरक्षा निकायहरुले ती विपक्षीलाई कारागारभन्दा अलग्गै गोप्य रुपमा थुनामा राखेको एक अनुसन्धानबाट पत्ता लागेको थियो ।  एक अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाले उक्त गोप्य कुरा पत्ता लगाएको हो । उक्त समाचारअनुसार यहाँको सरकारले बिपक्षी दलका कार्यकर्तालाई उनीहरुले सरकारको विरोध...
फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपिन्स। फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार फिलिपिन्सको दक्षिणपश्चिम ट्याक्लोबनलाई केन्द्रबिन्दु बनाएर ६.९ रेक्टर स्केलको भूकम्प गएको हाे। अहिलेसम्म कुनै मानवीय क्षति नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। ४१ किमी गहिराई रहेको भूकम्प गएको स्थान राजधानी मनिलाबाट ५८० किलोमिटर दक्षिण पश्चिमा पर्छ।
यति छ आज सुनको भाउ

यति छ आज सुनको भाउ

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य थपघट भएको छैन । आज सुन प्रतितोला ५३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन सोही मूल्यमा नै कारोबार भएको थियो । सुनजस्तै आज चाँदीको मूल्य पनि यथावत नै छ । आज पनि बजारमा चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
error: Content is protected !!