डोल्पा । बर्षातले खेलमैदान लगायतका विद्यालयका संरचनामा क्षती पु¥याएपछि डोल्पाको एक विद्यालयको पठनपाठनमा समस्या भएको छ ।

एक सातयता परिरहेको बर्षातले तल्लो डोल्पाको मुड्केचुला गाँउपालिका अन्तर्गत वडा नं ८ ओक्टमा पर्ने रारा निम्न माध्यामिक बिद्यालय अगाडीकोे सिडी, पर्खाल तथा खेलमैदान भत्काएपछि विद्यार्थीहरुलाई विद्यालय जान र पठनपाठनमा समेत समस्या भएको प्रधानाध्यापक लंकमान रोकायले जानकारी दिए ।

Advertisement

बिद्यालयको बाहिरी संरचनामा क्षती पु¥याएकाले कक्षा कोठासम्म आवत जावत गर्न समस्याहुनुका साथै बिषयगत खेलकुदका विभिन्न कार्यक्रमहरु संञ्चालन गर्न समस्या भएको प्रधानाध्यापक रोकायको भनाई छ ।

उक्त बिद्यालयमा प्रावि र निमावि गरेर ३ सय ६ जना बिद्यार्थीले अध्ययन् गर्दै आएकाछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!