चुनाव सकिने वित्तिकै नेपाल बन्द

चुनाव सकिने वित्तिकै नेपाल बन्द

काठमाडौं।दोस्रो चरणको स्थानीय तहको निर्वाचन सकिएलगत्तै नेपाल बन्दको श्रृङखला सुरु भएको छ । निर्वाचन लगत्तै विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको आव्हान गरेर बन्दको श्रृंखला सुरु गरेको हो । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय चुनावका बेला प्रहरीले आफ्ना सयौ नेता कार्यकर्ता गिरफ्तार गरी झुठा मुद्धा लगाएको विरोधमा असार २७ गते नेपाल बन्द आव्हान गरेको जनाएको छ । सो पार्टीेका प्रवक्त...
लन्डनमा फेरि अर्काे भीषण आगलागी

लन्डनमा फेरि अर्काे भीषण आगलागी

लन्डन  । गत महिनामात्र भीषण आगलागीको चपेटामा परेको लन्डन सहरमा सोमबार फेरि अर्काे यस्तै आगलागी भएको समाचार छ । लन्डनको काम्देन बजारमा यस्तै आगलागी सोमबार बिहानैदेखि जारी रहेको छ । उक्त बजारभित्र करिब एक हजार वटा पसल रहेका छन् । उक्त बजारमा सोमबार एका बिहानै आगलागी भएको र अहिलेसम्म पनि नियन्त्रणको प्रयास जारी नै रहेको बताइएको छ । सो बजार एक प्रसिद्ध पर्यटकीय केन्द्र पनि हो । यहाँको आगलागी नियन्त...
आर्थिक समृद्धिको आधार नै स्थानीय तह : उपप्रधानमन्त्री महरा

आर्थिक समृद्धिको आधार नै स्थानीय तह : उपप्रधानमन्त्री महरा

रत्ननगर। उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले स्थानीय तह आर्थिक समृद्धिको आधारका रुपमा खडा भएको बताउनुभएको छ । निर्वाचनसँगै आर्थिक समृद्धिको ढोका खुलेको र अहिले स्थानीय तहको बहुआयामिक भूमिका रहेको उहाँले बताउनुभयो । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उपप्रधानमन्त्री महराले आज चितवनस्थित रत्ननगर उद्योग वाणिज्य सङ्घको अठारौँ साधारणसभालाई सम्बोधन गर्दै तीनवटै तहको निर्वाचनपछि भने आर्थि...
व्यास नगरपालिकाको ८० करोड बजेट सार्वजनिक

व्यास नगरपालिकाको ८० करोड बजेट सार्वजनिक

तनहुँ।  व्यास नगरपालिका कार्यालय तनहुँले आर्थिक वर्ष ०७४र ७५ को लागि ८० करोड ७१ लाख ७७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । व्यास नगरपालिकाको २७ औ एवं स्थानीय तहको पुर्नसंरचना पछिको पहिलो नगरसभामा प्रस्तुत नीति बजेट तथा कार्यक्रममा व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले बजेट प्रस्तुत गरेका हुन् । जसमध्ये आन्तरिक स्रोतबाट ६ करोड ७८ लाख ५७ हजर, बाह्य स्रोतबाट वित्रीय समानीकरण अनुदान रु ...
सुत्केरीलाई पाँच हजार दिने निर्णय

सुत्केरीलाई पाँच हजार दिने निर्णय

दाङ । तुलसीपुर उपमहानगरपालिकाले सुत्केरीलाई रु पाँच हजार दिने निर्णय गरेको छ । नगर कार्यसमितिको आज बसेको बैठकले मातृ शिशु मृत्यु दर कम गर्न तथा नवजात शिशुलाई पोषणयुक्त खानाका लागि यो निर्णय गरेको हो । सरकारी अस्पतालमा गएर सुत्केरी सेवा लिने महिलाले आगामी श्रावण महिनादेखि यो सेवा पाउने छन् । सो बैठकले प्रत्येक वडामा एम्बुलेन्स सञ्चालनको प्रक्रिया अघि बढाउने, अपाङ्ग र ज्येष्ठ नागरिकलाई ५० प्...
उपेन्द्र यादवले भने संशोधन विधेयकले समस्या समाधान गर्दैन

उपेन्द्र यादवले भने संशोधन विधेयकले समस्या समाधान गर्दैन

काठमाडौं ।संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको संविधान संशोधन विधेयकले विद्यमान समस्या समाधान नगर्ने दावी गरेका छन् । अध्यक्ष यादवले संसदमा विचाराधिन संविधान संशोधन विधेयक संशोधन हुनैपर्ने माग गरेका हुन् । सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले यही हप्ता भित्र संविधान संशोधन विधेयक पारित गर्ने तयारी गरिरहेका छन । तर, अध्यक्ष यादवले भने संसदमा विचाराधिन संविधान सं...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौं। आइतबार मात्रै ५ सय रुपैयाँले घटेको सुनको मूल्यमा आज (सोमबार) थप २ सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला ५२ हजार ८ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीमा पनि तोलामा थप पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ७ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मात्रै तोलामा २० रुपैयाँ घटेर बजारमा ७ सय १० रुपैयाँमा कारो...
लागूऔषधका सहित एक पक्राउ

लागूऔषधका सहित एक पक्राउ

पोखरा। लागूऔषध नियन्त्रण ब्युरो पोखराले सिसुुवाबाट २६ वर्षीय जितेन्द्र गुरुङलाई ठूलो परिमाणको लागुऔषधसहित पक्राउ गरेको छ । पोखरा लेखनाथ ३१ घर भएका गुरुङको साथबाट प्रहरीले आइतबार १ हजार ७ सय ८५ वटा लागुऔषध बरामद गर्यो‍ । ७ वर्षदेखि लागूऔषध प्रयोग गर्दै आएका जितेन्द्र लेखनाथ क्षेत्रमा बिक्री गर्ने मुख्य डिलर हुन् भन्ने पोखरा ब्युरोलेसुइँको पाएको थियो । साढे १ महिनादेखि जितेन्द्र प्रहरीको निगरानीम...
फेरि सर्‍यो भरतपुर मुद्दाको सुनुवाइ

फेरि सर्‍यो भरतपुर मुद्दाको सुनुवाइ

भरतपुर। भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ आज पनि सरेको छ। न्यायाधीशद्वय ओमकुमार मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा पेसी तोकिएको सो मुद्दाको सुनुवाइ अर्को सोमबारका लागि सारिएको हो। बहस गर्न पुगेका वकिललाई न्यायाधीश मिश्रले आज आफू बाहिर जानु पर्ने भएकाले नभ्याउने बताएपछि मुद्दाको सुनुवाइ हप्ता दिनलाई सरेको हो। वैशाख ३१ गते भएको स्थानीय...
प्रधानमन्त्री भएको ३४ दिनपछि  देउवाले बल्ल नियुक्ति गरे एकजना सल्लाहकार !

प्रधानमन्त्री भएको ३४ दिनपछि देउवाले बल्ल नियुक्ति गरे एकजना सल्लाहकार !

काठमाडौं।  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार त परको कुरा– सचिवालय  निर्माण र सल्लाहकार समेत नियुक्त गर्न नसकेको भनि चर्चा भइरहेको बेला आज एक सल्लाहकार नियुक्ति गरेका छन् । देउवाले परराष्ट्र सल्लाहकारको नियुक्ति गरेका हुन् ।  मन्त्रिपरिषदको सोमबार बसेको बैठकबाट परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराईलाई नियुक्त गरिएको हो । देउवाले सचिवालय र प्रेस सल्लाहकार अझैं चयन गर्न सकेका छैन...
भरतपुर प्रकरणको मुद्दामा आज सर्वोच्चमा सुनुवाई हुने

भरतपुर प्रकरणको मुद्दामा आज सर्वोच्चमा सुनुवाई हुने

काठमाडौं। भरतपुर महानगरपालिकाको वडानम्बर १९ मा पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आज सुनुवाई हुँदैछ । गत जेठ १४ गते मतगणनाका क्रममा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले उक्त वडामा पुन मतदान गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको विरोधमा सो वडाका वडासदस्यका उम्मेदवार समेत रहेका गुञ्जमान विक र अर्का एक मतदाता समेत रहेका अधिवक्ताले सर्वोच्चमा मुद्दा दायर गरेक...
दुई महिनादेखि टेलिफोन अवरुद्ध

दुई महिनादेखि टेलिफोन अवरुद्ध

जनकपुरधाम। जनकपुर उपमहानगरपालिकाका डेढ हजार सेवाग्राही दुई महिनादेखि सञ्चारविहीन भएका छन् । एकीकृत शहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माण कार्य गर्दा अप्टिकल फाइवरमा क्षति पु¥याएका कारण सो अवस्था सिर्जना भएको हो । सञ्चारविहीन हुनेमा राजस्व कार्यालय, परिवार नियोजन संघलगायतका सरकारी र गैरसरकारी कार्यालयसमेत रहेका छन् । नेपाल टेलिकम कार्यालय जनकपुरले आयोजनाद्वारा समन्वय गरी निर्माण कार्य न...
गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड : अवरुद्ध

गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड : अवरुद्ध

गुल्मी।  अविरल वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडकखण्ड गएरातिदेखि अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिकाको उर्लीखोला, डहरे खोला, बादरे भिर र चिउरेनी भिरलगायतका दर्जनौँ ठाउँमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो । जिल्लामा सबैभन्दा बढी सवारीसाधन सञ्चालन हुँदै आएको अति व्यस्त उक्त सडकखण्ड अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पाल्पा, बुटवल र काठमाडौँसम्म छुट्ने सवा...
चार बलात्कारी पुर्पक्षका लागि कारागार चलान

चार बलात्कारी पुर्पक्षका लागि कारागार चलान

गौशाला । महोत्तरी जिल्लाको औरही गाउँपालिकामा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना बलात्कारीलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । कारागार चलान हुनेमा औरही गाउँपालिका–२ बस्ने २२ वर्षीय सुनिलकुमार साह, २० वर्षीय सुरेशप्रसाद यादव, २१ वर्षीय रमेश पञ्जीयार र २० वर्षीय अनिकेतकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गत जेठ २८ राति ७ बजेतिर...
तीनाउ खोलाले जिप बगाउँदा तीन बेपत्ता

तीनाउ खोलाले जिप बगाउँदा तीन बेपत्ता

पाल्पा। पाल्पामा खोलाले जीप बगाउँदा ४ जना बेपता भएका छन्। पाल्पाको माथागढी –३ सराईस्थित तीनाउ खोलाले बिहेको भोज खाएर फर्कदै गरेको लु १ ज १२१७ नम्बरको जीपलाई बगाउँदा ४ जना बेपत्ता भएका हुन्। लगातार वर्षाका कारण तीनाउँ खोलामा आएको बाढीले राति बजे १२ तिर सराईमा जीप बगाउँदा तानसेन– १ की २९ वर्षिया उषा श्रेष्ठ, माथागढी १ का अन्दाजी ४० वर्षीय तिलवीर गाहा, उनकी श्रीमती माया गाहा, ४० वर्षीय पदम बहादुर कव...
बाघको छाला सहित ८ पक्राउ

बाघको छाला सहित ८ पक्राउ

काठमाण्डौ। राजधानीको बौद्धबाट बाघको छालासहित ८ जना पक्राउ परेका छन् । बाघको छाला विक्रि गर्न मोलमोलाई गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रेम तामाङ, सुरेन तामाङ, राजु सुनुवार,धन बहादुर लामा, सञ्जय लामा, अमर तामाङ, प्रेम लामा र छिरिङ शेर्पा रहेका छन् ।
संविधान संशोधनपछि मात्र सरकार विस्तार : उपप्रधानमन्त्री महरा

संविधान संशोधनपछि मात्र सरकार विस्तार : उपप्रधानमन्त्री महरा

चितवन। उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र सरकार विस्तार हुने बताए । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले संविधान संशोधनको प्रस्ताव लाने तयारी गरिरहेको बताए । उपप्रधानमन्त्री महराले भने “संविधान संशोधनको प्रस्ताव आज भोलि नै पेश हुन्छ ।” पत्रकारको एक प्रश्नमा उनले मन्त्रालय भागबण्डामा खासै विवाद नरहेको बताए । ...
म्यादी प्रहरीबाट पाएको सबै तलब प्रहरी कोषमा नै बुझाउने पुर्व आइजिपीको नातिको घोषणा

म्यादी प्रहरीबाट पाएको सबै तलब प्रहरी कोषमा नै बुझाउने पुर्व आइजिपीको नातिको घोषणा

काठमाडाैं। नेपाल प्रहरीका पुर्व आइजिपी खड्गजित बरालको नाति पुजनले म्यादी प्रहरीमा रहदाँ पाएको तलव प्रहरी कोषमा नै जम्मा गर्ने घोषणा गरेका छन्।  उनले म्यादी प्रहरीबाट पाएको सबै तलव ७८ हजार ८ सय ६३ रुपैयाँ  प्रहरी कल्याण कोषमा नै जम्मा गर्ने बताएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले बताए। स्थानीय निकायको पहिलो चरणको चुनावमा उनी काठमाडौंबाट म्यादी प्रहरीमा भर्ती भएका थिए। पुजनले प्रहरी प्रधान कार्...
टिपरले ठक्कर दिएको विकको उपचारको क्रममा मृत्यु

टिपरले ठक्कर दिएको विकको उपचारको क्रममा मृत्यु

महोत्तरी। महोत्तरी जिल्लाको जलेश्वर बर्दिवास सडकखण्डमा आइतबार बेलुका टिपरले ठक्कर दिएको एक युवकको गएराति उपचारका क्रममा मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दिवास नगरपालिका–१२ विजलपुरा बस्ने २६ वर्षीय भुवन विक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । आइतबार बेलुका ५ बजे घरबाट बुबा ६५ वर्षीय ज्ञामु विकलाई लिएर बा १० प ६७१४ नम्बरको मोटरसाइकलमा बर्दिवासतिर जाँदै गरेका युवक विकलाई सोही दिशामा...
राजपाले छाता चुनाव चिह्न नपाउने

राजपाले छाता चुनाव चिह्न नपाउने

काठमाडौँ। नयाँ पार्टीका रुपमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको राष्ट्रिय जनता पार्टी नेपाललाई तेस्रो चरणमा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा पुरानै निर्वाचन चिह्नबाट चुनाव लड्नुपर्ने बाध्यता रहेको छ । निर्वाचन घोषणा भइसकेर दुई चरणको निर्वाचनसमेत सम्पन्न भएको अवस्थामा नयाँ दलले नयाँ चिह्न लिएर निर्वाचनमा जान सम्भव नभएको आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा ह...
बाढी प्रतिकार्यका लागि कञ्चनपुरमा कार्यदल तयारी अवस्थामा

बाढी प्रतिकार्यका लागि कञ्चनपुरमा कार्यदल तयारी अवस्थामा

कञ्चनपुर। बाढी प्रतिकार्यका लागि सामुदायिक विपद् व्यवस्थापन समितिअन्तर्गत गठन गरिएका कार्यदललाई कञ्चनपुरमा सतर्क अवस्थमा राखिएको छ । बाढीका बेला बचाउ र राहतका लागि समितिअन्तर्गत गठन भएका पूर्वसूचना कार्यदल, उद्धार कार्यदल र प्राथमिक उपचार कार्यदललाई सर्तक अवस्थामा राखिएको हो । दोदा, सुनवोरा, स्याली, मछेली वनहरालगायत नदी तटीय क्षेत्रका बासिन्दालाई बाढी आउन अगावै सुरक्षा दिन कार्यदलका सदस्य सचेत गर...
भूकम्पको केन्द्र गोरखामा पुनःनिर्माणले गति लिएको छैन

भूकम्पको केन्द्र गोरखामा पुनःनिर्माणले गति लिएको छैन

गोरखा -‘गोरखा भूकम्प’को केन्द्र गोरखामा अनुदान लिएर पनि घर बनाउनेको सङ्ख्या कम छ । पचपन्न हजार जना लाभग्राहीले रु ५० हजारका दरले पहिलो किस्ता बुझेको भए पनि वर्षभरमा जम्मा पाँच हजार ५०० जनाले मात्रै घर बनाएको तथ्याङ्क छ । पहिलो चरणमा अनुदान पाउने लाभग्राही सूचीमा ५८ हजार ३०३ जना परेका थिए । यीमध्ये ५५ हजार जनाको बैंक खातामा गत वर्ष भदौमै अनुदान रकम पठाइसकिएको थियो । लाभग्राहीमध्ये अधिकांशले अनुदा...
आफ्नै कमजोरीले काँग्रेस दोस्रो भयोः काँग्रेस नेता महत

आफ्नै कमजोरीले काँग्रेस दोस्रो भयोः काँग्रेस नेता महत

नगरकोट। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले पहिलो र दोस्रो स्थानीय निर्वाचनमा आफ्नै कमजोरीका कारण नेपाली काँग्रेस दोस्रो भएको बताएका छन्। शहीद भरतगोपाल झाको ७८ औंँ जन्मजयन्ती तथा उनको कारागार दैनिकी ‘उही झा’ नामक पुस्तकको आज लोकार्पण गर्दै नेता डा महतले पार्टीभित्रको अन्तरद्वन्द्वलाई सम्हाल्न नसक्दा आफ्नो पार्टी दोस्रो भएको र आगामी दिनमा पनि यस्तो कमजोरी रहिरहेमा पार्टीलाई ठूलो...
आठ वर्षीया बालिका बलात्कार गर्ने १७ वर्षीय बम पक्राउ

आठ वर्षीया बालिका बलात्कार गर्ने १७ वर्षीय बम पक्राउ

भीमदत्तनगर । आठ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका कञ्चनपुरको वेदकोट–७ गाउजीका १७ वर्षीय हिमाल बमलाई प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट पक्राउ गरेको छ । गत मङ्गलबार घरमा एक्लै भएको मौका छोपी बमले ८ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी सहायक निरीक्षक महादेव भट्ट नेतृत्वको प्रहरी टोलीले अभियुक्त बमलाई दिल्लीस्थित आफन्तको डेराबाट पक्राउ ग...
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका एजेण्डा तयार, बुधबार छलफल हुने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका एजेण्डा तयार, बुधबार छलफल हुने

काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक बुधबार बस्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भावी योजना, बजेट र त्यसका लागि थप संरचना तयार पार्नेगरी आवश्यक निर्णय लिन बुधबार निर्देशक समितिको बैठक बोलाइएको हो । निर्देशक समितिको बैठकका लागि आईतबार प्राधिकरणले एजेन्डा तयार पारेको छ । प्राधिकरण कार्यकारी समितिको बैठकले संस्थाको भावी योजनासहितको एजेन्डा तयार पारेको हो ...
सिटी सेन्टरमा आगलागी

सिटी सेन्टरमा आगलागी

काठमाडौं। काठमाडौंको कमलपोखरीमा रहेको एनएलआइसी सिटी सेन्टरमा आइतबार दिउँसो आगलागी भएको छ। सिटी सेन्टरको चौथो तल्लामा बिद्युत सट भएर आगलागी भएको जुद्ध वारुण यन्त्र काठमाडौंका प्रमुख किशोरकुमार भट्टराईले जानकारी दिए। आगलागी नियन्त्रणमा आइसकेको भट्टराईले जानकारी दिए। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आइसकेको छैन।
‘कर्मचारी समायोजन विधेयक, २०७३’ प्रस्तुत

‘कर्मचारी समायोजन विधेयक, २०७३’ प्रस्तुत

काठमाडौँ।  संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारीको समायोजन गर्न आवश्यक भन्दै ‘कर्मचारी समायोजन विधेयक, २०७३’ प्रस्तुत गरिएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रधानमन्त्री एवम् सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाका तर्फबाट उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो । उपप्रधानमन्त्री श्रेष्ठले संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तह...
सल्यानमा बस दुर्घटना, दुई जनाको मृत्यु, २५ घाइते

सल्यानमा बस दुर्घटना, दुई जनाको मृत्यु, २५ घाइते

दाङ । दाङबाट रुकुम जाँदै गरेको यात्रु बस आज बिहान सल्यानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । मृतकको सनाखत हुन सकेको छैन । इलाका प्रहरी कार्यालय लुहामका अनुसार ना ४ ख ५७५४ नम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिकाको टुनिबोट नजिक सल्ले खोलामा दुर्घटना भएको हो ।  सिस्ने हिमाल यातायातको सो बस सडक...
तनहुँको गुणादीमा बस दुर्घट्ना, १० यात्रु घाइते

तनहुँको गुणादीमा बस दुर्घट्ना, १० यात्रु घाइते

दमौली।तनहुँको दुलेगौंडाबाट दमौलीतर्फ आउँदै गरेको ना ५ ख ५४४६ नम्बरको बस माथिल्लो गुणादी पल्टिएको छ । गुणादीको दुर्गा मन्दिर नजिकै बस पल्टिँदा बसमा सवार १० यात्रु घाइते भएका छन् । दुलेगौंडा बाट दमौली आफ्नो क्युको लागी आएको बस गुणादीमा पल्टिँदा उक्त दुर्घटना भएको हो । घाइतेहरुको दमाैलि अस्पतालमा उपचार भैरहेको छ । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बजारमा सुन प्रतितोला ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो । सुन जस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर ७ सय १० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
ड्रोनको प्रयोग गरी गोहीको गणना

ड्रोनको प्रयोग गरी गोहीको गणना

गुलरिया (बर्दिया)। संरक्षित क्षेत्रमा हुनसक्ने चोरी शिकार एवम् अवैध गतिविधि नियन्त्रण गर्न बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलोपटक मानवरहित विमान (ड्रोन)को प्रयोग गरी गोहीको गणना गरिएकोे छ। तालतलैया तथा सिमसार क्षेत्र सर्वेक्षण गर्दा बबई नदीमा घडियाल गोहीको सङ्ख्या ४६, मगर गोहीको सङ्ख्या ३१ रहेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण प्रमुख रमेशकुमार थापाले बताए। निकुञ्ज सीमाभित्र पर्ने बबई नदीको ४६ ...
error: Content is protected !!