मेक्सिको। मेक्सिकोको हिडाल्गो प्रान्तको तिजायुका शहरमा नकाबधारीहरुले बच्चाको बालकको जन्मदिनको उपलक्ष्यमा आयोजना गरेको एक पार्टीमा अन्धधुन्ध छुरी प्रहार गर्दा ११ को मृत्यु भएको छ ।
पुलिसका अनुसार उनीहरुले घटनास्थलबाट तीन बालकलाई उद्धार गरेको तर पार्टीमा उपस्थितमध्ये दुई नाबालिगसहित ११ वयस्कको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेक्सिको सिटी पुलिसको आइडीधारी पनि रहेको बताइएको छ । पुलिस अधिकारीले बिहिबार मध्यरातमा घटनाबारे जानकारी पाएको जानकारी दिएका छन् ।
मृत्यु हुने सबैमाथि धारिलो हतियार प्रयोग गरिएको छ ।
घटना हुँदा शहरको रिहायशी इलाकामा एक घर बाहिर टेन्ट लगाएर जन्मदिनको पार्टी आयोजना हुँदै थियो ।
मेक्सिकोमा यस वर्षमात्र २ हजार १ सय ८६ को हत्या भएको छ अर्थात् दैनिक ७० ।