काठमाडौं। राष्ट्रपतिको १६ करोडको गाडी खरिद प्रकरणको बिषयलाई लिएर  सामाजिक संजालमा जथाभाबी लेख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गाडी खरिद प्रकरणसंग जोडेर अपमानजनक शब्द प्रयोग गर्ने प्यूठान घर भै हाल कपिलबस्तुको तौलिहवामा बस्दै आएका  पत्रकार सोनुकुमार सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

तौलिहवाकै रेडियो हुदामा कार्यरत रहेका सुनारलाई प्रहरीले रेडियो स्टेशन बाहिरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

सोनुले केहि समय अघि आफनो फेसबुक वालमा राष्टपति विद्यादेवी भण्डारीलाई केन्द्रित गदै अत्यन्तै आपत्तिजनक शब्दमा स्टाटस पोष्ट गरेका थिए ।

राष्ट्रपति भण्डारीलाई फेसबुक स्टाटसमा गाडी प्रकरणलाई जोडेर जथाभाबी लेखेको आरोपमा उनी पक्राउ परेका हुन्  । सुनारले साइवर अपराध गरेको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरी उपरीक्षक भोजजंग शाहले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!