स्वास्थ्य बीमाप्रति आकर्षण बढ्यो
पाल्पा। रम्भा गाउँपालिका–२ को फोक्सिङकोटमा स्वास्थ्य बीमा गराउनेको आकर्षण बढ्दो छ । केही समय अघिसम्म स्वास्थ्य बीमासम्बन्धी यहाँका बासिन्दाले त्यति चासो दिएका थिएनन् ।
गाउँकै मीनकुमारी पाँडे मगरले रू ३९ हजार बराबरको औषधि उपचार निःशुल्क पाएपछि यहाँका स्थानीयवासी धमाधम स्वास्थ्य बीमा गराउन थालेका छन् ।
फोक्सिङकोटका ७० घरपरिवारका १४५ जनाले अहिले स्वास्थ्य बीमा गराइसकेका स्थानीय एवत सारुले बताए ।...

