गुल्मीका ३ स्थानीय तहको गणना सुरु, २ तहमा एमाले अगाडि

गुल्मीका ३ स्थानीय तहको गणना सुरु, २ तहमा एमाले अगाडि

 गुल्मी । गुल्मीका १२ स्थानीय तहमध्ये ३ स्थानीय तहको मतगणना सुरु भएको छ । बाँकी ९ तहको गणना छिट्टै गर्ने निर्वाचन कार्यालयको तयारी छ । मतगणना भएका ३ स्थानीय तहमध्ये रुरु गाउँपालिकामा एमालले अग्रता लिएको छ । यहाँ प्रमुखमा एमालेले ४ सय २६ मतका साथ अग्रता लिइरहेको छ । माओवादी–कांग्रेस गठबन्धनका प्रमुख पदका उम्मेदवारले १ सय ८ र उपप्रमुखले १ सय ११ मत पाएका छन् । छत्रकोट गाउँपालिकामा एमाले प्रमुख उम...
भोजपुरमा माओवादी केन्द्रले खाता खोल्यो

भोजपुरमा माओवादी केन्द्रले खाता खोल्यो

भोजपुर । भोजपुरको रामप्रसाद राई गाँउपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ । वडा नं ८ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मनोज राईले पहिलो खाता खोलेका हुन् । उनले ३२२ मत ल्याए भने एमालेका पाँचकुमार राईले ३१० मत प्राप्त गरे । गाउँपालिका अध्यक्षमा भने एमालेले अग्रता कायम गरेको छ । एमाले अध्यक्षका उम्मेदवार विजय राईले ३१० र माओवदी केन्द्रका उम्मेदवार थामबहादुर राईले २९६ मत ल्याएका छन् ।
धनकुटाका पाँच स्थानीय तहमा ११ बजेबाट मतगणना

धनकुटाका पाँच स्थानीय तहमा ११ बजेबाट मतगणना

धनकुटा, १५ असार । धनकुटाका तीन नगरपालिका र दुई गाउँपालिकामा आज बिहान ११ बजेबाट मतगणना सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रदिप शाहका अनुसार धनकुटा नगरपालिका, पाख्रीवास नगरपालिका, महालक्ष्मी नगरपालिका, चौविसे गाउँपालिका र साँघुरीगढी गाउँपालिकामा ११ बजेबाट मतगणना हुँदैछ । बिहान बसेको सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको हो । खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिकामा बिहान ८ बजे...
मतदान केन्द्रमा फालेको बम हबल्दारले टिपेर फाले, पुरस्कृत गर्ने गृहमन्त्रीको घोषणा

मतदान केन्द्रमा फालेको बम हबल्दारले टिपेर फाले, पुरस्कृत गर्ने गृहमन्त्रीको घोषणा

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका अम्बास मतदान केन्द्रमा अज्ञात समूहले प्रहार गरेको बम टिपेर सुरक्षित स्थानमा फ्याँक्ने प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई पुरस्कृत गर्ने गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले बचन दिएका छन् । मन्त्री शर्माले आज रानालाई टेलिफोन गरी उनको बहादुरीको प्रशंसा गरेका थिए । साथै उनलाई पुरस्कृत गर्ने उनले बचन दिएका छन् ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ स्थित श्री ...
दाङमा ७० प्रतिशत मत खस्यो, मतगणना बुधबार हुने

दाङमा ७० प्रतिशत मत खस्यो, मतगणना बुधबार हुने

बुधबार भएको स्थानीय तह निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको छ । दश तहको ३ सय ५१ मतदान केन्द्रमा भएको निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले जानकारी दिए । जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा २ लाख ९१ हजार १५० मतदाता छन् । उनीहरुको मतबाट ५ सय २० जनप्रतिनिधि चयन हुनेछन् । जिल्लाका १ सय ५१ मतदान स्थल अन्तर्गत ३ सय ५१ केन्द्र तोकिएको ...
धनकुटामा २ नक्कली मतदाता पक्राउ

धनकुटामा २ नक्कली मतदाता पक्राउ

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका- ६ राजारानी को जनशिक्षा सदन आधारभुत बिद्यालय थाप्रुङ केन्द्रमा २ जना नक्कली मतदाताहरु पक्राउ परेका छन् । अरुको नाममा मतदान गर्न खोज्ने क्रममा २ यूवाहरु पक्राउ परेको चौबिसे गाउँपालिकाका मतदान अधिकृत नगेन्द्र कालाखेतीले जानकारी दिए । कालाखेतीका अनुसार अरुको नाममा मतदान गर्न खोज्ने क्रममा चौबिसे ६ का २८ वर्षीया नरमाया लिम्बु र २७ वर्षीय हाङकङ लिम्बु रहेको...
तीनवटै प्रदेशमा उत्साहजक रुपमा मतदान जारी

तीनवटै प्रदेशमा उत्साहजक रुपमा मतदान जारी

१४ असार। असारे झरी र बाढी पहिरोको परवाह नगरी लाखौं मतदाता दोस्रो चरणको स्थानीय चुनावमा आफ्नो मत प्रयोग गर्न उत्सापूर्वक सहभागी भएका छन् । प्रदेश नम्बर १, ५ र ७ का उच्च हिमाली भेगदेखि मैदानी फाँट, तराई मधेससम्म मतदाताको उत्साह देखिएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म मतदान शान्तिपूर्ण रुपमा भइरहेको जानकारी प्राप्त भएका छन् । वर्षातका कारण मतदातालाई लाइनमा बस्न र मतदान गर्न समस्या भएको छ । भिजे...
अरु कागजात देखाएर पनि भोट हाल्न सकिने– आयोग

अरु कागजात देखाएर पनि भोट हाल्न सकिने– आयोग

काठमाडौँ। निर्वाचन आयोगले यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदाता परिचयपत्रका अतिरिक्त अन्य सरकारी कागजात देखाएर पनि मतदान गर्न सकिने व्यवस्था मिलाएको छ । त्यसका लागि स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम भने समावेश भएको हुनुपर्ने छ । मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारण मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा, हर...
ओलीले गरे सरकार र प्रहरी प्रशासनको चर्को आलोचना

ओलीले गरे सरकार र प्रहरी प्रशासनको चर्को आलोचना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र प्रहरी प्रशासनको चर्को आलोचना गरेका छन् । दोस्रो चरणको चुनावको मौन अवधिमा प्रेस चौतारीले एमाले पार्टी मुख्यालयमा एमाले अध्यक्ष ओलीको पत्रकार सम्मेलन गरेको सरकारको आलोचना गरेका हुन् । अध्यक्ष ओलीले दोस्रो चरणको निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा हुनु पर्नेमा जोड दिए । धरानमा एमाले उम्मेदवारको घरमा बम भेटिएको, आइतबार बुटवलमा आफू सहभागी भएको सभाक...
मध्याह्नअघि नै मतदान गर्न मौसमविदको सुझाव

मध्याह्नअघि नै मतदान गर्न मौसमविदको सुझाव

काठमाडौं, १३ असार । मोसमविदले १४ असारमा हुने दोस्रो चरण स्थानीय निर्वाचनका दिन मध्याह्नअघि नै मतदानस्थल पुगेर मतदान गर्न सुझाएका छन् । मध्याह्नपछि बढी वर्षा हुने सम्भावना रहेको भन्दै उनीहरुले मतदातालाई यस्तो सुझाव दिएका हुन् । निर्वाचनका दिन (बुधबार) बिहान ७ बजेदेखि वर्ष भए पनि ७ बजेपछि प्रदेश नं. १, ५ र ७ का पहाडी र हिमाली क्षेत्रमा भारी वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
आफैंले बोकेको बम पड्किदा विप्लव कार्यकर्ताको मृत्यु

आफैंले बोकेको बम पड्किदा विप्लव कार्यकर्ताको मृत्यु

धनगढी, १३ असार। निर्वाचन बिथोल्नका लागि आफैंले बोकेको बम आत्मघाती रुपमा विस्फोटन हुँदा कैलालीमा एक जना विप्लव समूहका कार्यकर्ताको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका ४ कैलालीपुल नजिकै खानेपानी संस्थान रोडस्थित जीएस सन्स एन्ट स्ट्रोमा सोमबार राति ९ः५५ बजे उक्त आत्मघाती बम बिस्फोटन भएको थियो । म विस्फोटबाट  घाइते भएका विप्लवका कार्यकर्ता २९ वर्षीय चन्द्र सिंह (सनराइज) लाई प्रहरीले उद्धार गरेर तत्...
दार्जीलिङमा दमन भएको भन्दै भारतीय दूतावास अगाडि विप्लव समूहको विरोध प्रदर्शन

दार्जीलिङमा दमन भएको भन्दै भारतीय दूतावास अगाडि विप्लव समूहको विरोध प्रदर्शन

काठमाडौं । दार्जीलिङमा दमन गरिएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय दूताबास अगाडि विरोध प्रदर्शन गरेको छ । नेकपाका नेताहरु धर्मेन्द्र बास्तोलाको नेतृत्वमा जुलुससहित लैनचौर पुगेका थिए । विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य बास्तोलाले नेपाली भाषी भएकै कारण दमन भएको र यो मानवअधिकारको घोर उल्लंघन भएको बताए । भारतकै अन्य राज्यका जनताले आन...
नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो

नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला नजिकै आज अपराह्न ३ बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । शनिबार राति ९ बजे पहिरो खसेपछि अवरुद्ध सडक आज बिहान ८ बजेदेखि सञ्चालनमा आएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपा थापाका अनुसार शुक्रबार बिहान पहिरो खसेर चार प्रहरीसहित भ्यान र ट्रक त्रिशूली नदीमा खसेको ठाउँमा नै आज पुनः पहिरो खसेको हो । त्रिशूलीमा बेपत्ता प्रहरी र भ्यान खोजी गरिरह...
मतदाता परिचयपत्र वितरण सुरु

मतदाता परिचयपत्र वितरण सुरु

काठमाडौँ  । यही असार १४ गते बुधबार दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि १, ५ र ७ नं प्रदेशका ३५ जिल्लामा आज बिहानदेखि सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण सुरु भएको छ । मतदाता परिचयपत्र असार ११, १२ र १३ गते तीन दिनसम्म सम्बन्धित मतदान केन्द्रबाट निर्वाचनमा सहभागी हुने ६४ लाख ३२ हजार ७६५ मतदातालाई प्रदान गरिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । निर्वाचनमा...
घरबिदामा आएका भारतीय सैनिकको सवारी दुर्घटनामा मृत्यु

घरबिदामा आएका भारतीय सैनिकको सवारी दुर्घटनामा मृत्यु

घरविदामा आएका एक जना भारतीय सैनिकको मृत्यु भएको छ । आइतवार मध्याहृन १२ बजे पोखराबाट काठमाडौं जाँदै गरेको ग १ य ५५१ नम्बरको पर्यटक बोक्ने गाडीले विपरित दिशाबाटै आउँदै गरेको ग ९ प ११७ नम्बरको मोटरसाइकललाई पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर-१० नागिनटोलमा ठक्कर दिएको थियो ।अनलाइनखबर
टाटासुमो दूर्घटनामा एकको निधन, १० घाइते

टाटासुमो दूर्घटनामा एकको निधन, १० घाइते

काठमाडौं । मकवानपुरको कुलेखानी २ मा रहेको हेवि भन्ने ठाउँमा टाटासुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौंबाट सर्लाही जाँदै गरेको ना १ ज ३७०१ नम्वरको टाटासुमो कुलेखानीमा दूर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी काठमाडौ गुर्जुधाराकी अन्दाजी ४२ वर्षीय माईली सापकोटा रहेको प्रहरीले जनाएको छ। सुमोमा सवार ११ जना मध्ये ५ जना घाइतेको अवस्था गम्भीर रहेको छ। घाईतेलाई उपचारको लागी काठ...
एक हप्तादेखि फोन सेवा अवरुद्ध

एक हप्तादेखि फोन सेवा अवरुद्ध

जाजरकोट । यहाँको जुनी चाँदी गाउँपालिकामा एक हप्तादेखि फोन सेवा अवरुद्ध भएको छ । मजकोटमा रहेको टावरमा खराबी आएपछि फोन सेवा अवरुद्ध भएको स्थानीयवासी रेशमबहादुर खड्काले जानकारी दिनुभयो । यति लामो समयसम्म फोन सेवा अवरुद्ध भए पनि सरोकार भएका निकायले मर्मततर्फ ध्यान नदिएकोे भन्दै स्थानीयवासी आक्रोशित छन् । हजारौँ सेवाग्राही फोन सेवा अवरोधसँगै घन्टाँै उकालो हिँडेर आफन्तसँग खबर आदानप्रदान गर्न बाध्य छन्...
पाकिस्तानमा तेल ट्याङ्करमा आगोलाग्दा १२० को मृत्यु, १०० घाइते

पाकिस्तानमा तेल ट्याङ्करमा आगोलाग्दा १२० को मृत्यु, १०० घाइते

इस्लामावाद । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा आइतबार बिहान एउटा तेल ट्याङ्कर दुर्घटनामा परेपछि भएको आगलागीमा कम्तीमा पनि १२० जनाको जलेर मृत्यु भएको छ ।  पाकिस्तानी पूर्वी प्रान्त पञ्जावमा सो दुखद घटना भएको त्यहाँको अस्पतालले जानकारी दिएको छ । पाकिस्तानी पञ्जाव प्रान्तको बहालपुरमा रहेको भिक्टोरिया सरकारी अस्पतालका चिकित्सक डा.अरुन्जेबले सो जानकारी दिनुभएको छ । उहाँले उक्त आगलागीका कारण ज्यान ज...
कुटपिटबाट बालकको मृत्यु

कुटपिटबाट बालकको मृत्यु

लहान  । झैझगडाका क्रममा अपरिचित व्यक्तिको कुटपिटबाट गम्भीर घाइते भएका सिरहा, लक्ष्मीपुरपतार गाउँपालिका–३ निवासी १३ वर्षीय सोनुकुमार साहको उपचारका क्रममा गए राति मृत्यु भएको छ । स्थानीय पोखरीमा पूजा गरी घर फर्कने क्रममा शुक्रबार कुटपिटबाट गम्भीर घाइते साहको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
अवैध काठ ओसारपसारमा संलग्न तीन पक्राउ

अवैध काठ ओसारपसारमा संलग्न तीन पक्राउ

मेलम्ची  । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–३, काउलेदोभानबाट अवैध काठ निर्यात गर्ने क्रममा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । गएराति लुकाइ छिपाइ काठमाडौँ लैजाँदै गरेको एकसय क्युफिट काठसहित बा४ख २२७६ नं को मिनीट्रक इप्रका, मेलम्चीले नियन्त्रणमा लिएको हो । बिना इजाजतपत्र अवैध रूपमा काठ ओसारपसार गर्ने मेलम्ची नगरपालिका–५ सिन्धुकोटका ट्रक चालक वीरबहादुर पाख्रिन, सहचालक रामकृष्ण रोक्कासहित...
एघार घन्टापछि मुग्लिन सडक खुल्यो

एघार घन्टापछि मुग्लिन सडक खुल्यो

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएपछि आज बिहान ८ः०५ बजेबाट यातायात सञ्चालनमा आएको छ । पहिरोका कारण गएराति ९ बजेदेखि बन्द भएको यातायात पहिरो हटाएर ११ घन्टापछि सञ्चालनमा आएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार अहिले दुईतर्फी नै बाटो खुलाइएकाले गाडीहरु गन्तव्यतर्फ जान थालेका छन् । उहाँले यातायात सहज हुन अझै केही घन्टा लाग्ने...
सोलार लिफ्टिङबाट २३ घरधुरीमा खानेपानी

सोलार लिफ्टिङबाट २३ घरधुरीमा खानेपानी

स्याङ्जा । चापाकोट नगरपालिका–१ मगरेका २३ घरधुरीमा चौबिसै घन्टा खानेपानीको सुविधा पुगेको छ । गाउँभन्दा धेरैमुनि रहेको चिलाउनेघारी मूलबाट खानेपानी बोकेर गुजारा चलाउँदै आएका यहाँका बासिन्दाले अहिले घर घरमा धारा निर्माण गरी खानेपानी प्रयोग गर्दै आएका छन् । संसद् विकास कोषको रु १० लाख, चापाकोट नगरपालिकाको रु डेढ लाख, रिनेवल वल्र्ड र आँधीखोला सामुदायिक विकास केन्द्रको रु छ लाख, आइडी नेपाल र आँधीखोला सा...
गुडिरहेको कारभित्र सेक्स गर्दा भयानक दुर्घटना, आइरिस युवकको मृत्यु

गुडिरहेको कारभित्र सेक्स गर्दा भयानक दुर्घटना, आइरिस युवकको मृत्यु

थाइल्याण्ड। थाइल्याण्डमा एउटा त्राशदीपूर्ण कार दुर्घटनामा आइरिस नागरिकको मृत्यु भएको छ । दुर्घटना हुँदा उनी कारको पछाडि सिटमा सेक्स गरिरहेका थिए । मृत्यु हुने ३९ वषिर्य जोन मालोन एक भूतपूर्व अंग्रेजी शिक्षक हुन् । उनी एक युवतीसँग कालो सुजुकी कारमा यात्रारत रहँदा बुधबार दिउसो १ बजे दुर्घटनामा परकेा थिए । पछाडि सिटमा उनीहरुको राससिलाले गर्दा ड्राइभरले सन्तुलन गुमाउन पुगेको र कारले पोलमा ठोक्कि...
ग्वाटेमालामा ६.८ रेक्टर स्केलको भूकम्प

ग्वाटेमालामा ६.८ रेक्टर स्केलको भूकम्प

ग्वाटेमाला सिटी  । ग्वाटेमालामा बिहीबार बिहान सवेरै ६.८ रेक्टर स्केलको भूकम्प गएको छ । यस भूकम्पबाट प्रमुख पर्यटकीय सहर एनिगुआमा रहेका सरकारी कार्यालयका र अन्य भवनहरु क्षतिग्रस्त भएका छन् ।  स्थानीय समय अनुसार बिहीबार बिहान ६ः३१ मा यस गएको यस भूकम्पको केन्द्रविन्दु प्रशान्त महासागरीय सहर पुइर्टो सान जोसे बाट ३८ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकार...
चिनियाँ राष्ट्रपति सि हङकङ जादै

चिनियाँ राष्ट्रपति सि हङकङ जादै

हङकङ । चिनियाँ राष्ट्रपति सि जिनपिङ अर्काे हप्ता हङ्कङ जादै हुनुहुन्छ । आगामी हप्ता उहाँले हङ्कङ भ्रमण गर्न लाग्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले शुक्रबार सार्वजनिक गरेका छन् ।  हङकङ सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको आगामी हप्ता २० बर्ष पुग्न लागेको छ । सोही अवसर पारेर चिनियाँ राष्ट्रपतिले हङ्कङ भ्रमण गर्न लाग्नुभएको हो । यस समाचारलाई सार्वजनिक गरिएको भए पनि उहाँले हङ्कङको भ्रमण गर्न...
सूर्यविनायक-जगाती सडकको अतिक्रमण हटाइँदै

सूर्यविनायक-जगाती सडकको अतिक्रमण हटाइँदै

भक्तपुर । वर्षौंदेखि व्यापारीले कब्जा गर्दा रोकिएको भक्तपुरको सूर्यविनायकचोकदेखि जगातीको चकुखोलासम्मको सडक अतिक्रमण हटाएर सडक फराकिलो गर्ने कार्य सुरु भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले हरेक वर्ष उक्त सडकखण्ड फराकिलो पार्न सूचना जारी गर्दा पनि स्थानीयवासीको अवरोधका कारण रोकिएको विस्तार कार्य जनप्रतिनिधि आएपछि सुरु भएको हो । बिहीबार सूर्यविनायक नगरपालिका–८ का अध्यक्ष किरण थापाको नेतृत्वमा ...
मुग्लिन-नारायणगढ पहिरो : हराएका ट्रक ड्राइभरलाई फोन लाग्यो, भन्छन् – यतै छु

मुग्लिन-नारायणगढ पहिरो : हराएका ट्रक ड्राइभरलाई फोन लाग्यो, भन्छन् – यतै छु

चितवन। नारायणगढ-मुग्लिन सडकखण्डको कालीखोला नजिकै बिहीबार राति खसेको पहिरोमा हराएका ट्रक ड्राइभरसँग टेलिफोन सम्पर्क भएको प्रहरीले जनाएको छ । उनले टेलिफोनमा आफू ‘यतै छु’ भन्ने खबर दिएका थिए । प्रहरीले उनी ट्रकबाट हाम फालेर बाहिर रहेको अनुमान गरेको छ । पहिरोले एउटा प्रहरीको भ्यान र एउटा ट्रक बगाएको थियो । भ्यानमा रहेका दुई जनाको शव भेटिएको छ । दुई जना हराइरहेका छन् । ट्रकका सहयोगी चालकलाई उद्धार गर...
चितवन कालीखोलाको पहिरोले प्रहरी भ्यान बगायो, २ प्रहरीको मृत्यु, २ वेपत्ता

चितवन कालीखोलाको पहिरोले प्रहरी भ्यान बगायो, २ प्रहरीको मृत्यु, २ वेपत्ता

चितवन। नारायणगढ मुग्लिन सडक खण्डको कालीखोलामा झरेको पहिरोले प्रहरी भ्यान बगाउँदा दुई प्रहरीको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता छन् । बिहीबार राति काली खोलामा पहिरो हटाएर फर्कने क्रममा इलाका प्रहरी कार्यालय मुग्लिनको बा १ झ १३९० नम्बरको स्कारपियो गाडी त्रिशूली नदीमा झरेको हो । गाडी त्रिशूली नदीमा खस्दा असई निश्चल तामाङ र चालक समेत रहेका जवान दीपककुमार मास्केको ज्यान गएको छ । सञ्जीव कार्की र...
सुरक्षा अभ्यासका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टाका लागि बन्द हुने

सुरक्षा अभ्यासका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टाका लागि बन्द हुने

काठमाण्डौ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टाका लागि बन्द गरिने भएको छ । सुरक्षा अभ्यासका लागि अपरान्ह साढे ४ बजेदेखि ५ बजेसम्म पूर्ण रुपमा बन्द गर्न लागिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय नागरिक उड्यनन संस्था (आइकाओ) को नियम अनुसार अन्तराष्ट्रिय मान्यताप्राप्त विमानस्थलले प्रत्येक २ वर्षमा फुल स्केल इमर्जेन्सी एक्सरसाइज गर्नुपर्ने भएकाले बन्द...
जाजरकोटका विद्यार्थी पौष्ट्रिक आहारा बोक्दै

जाजरकोटका विद्यार्थी पौष्ट्रिक आहारा बोक्दै

जाजरकोट। जाजरकोटको कुशेगाउँपालिका वडा ५ स्थित पौष्ट्रिक आहाराको डिपोबाट कुशेगाउँपालिका वडा नं ७ स्थित नेरा आधारभूत विद्यालय समाकोटतर्फ पौष्ट्रिक आहारा बोकेर लग्दै कक्षा ५ का कृष्ण तिरुवा र कक्षा ४ का हस्त महर । विद्यार्थीलाई पौष्टिक आाहारा बोकाउन नपाइने भएपनि यहाँका अधिकांश ठाउँमा विद्यार्थीलाई नै बोकाएर लैजाने गरिन्छ । तस्बिर : हेमन्त केसी, जाजरकोट, रासस
महत र ढकालबारे सूचना दिन अख्तियारको आग्रह

महत र ढकालबारे सूचना दिन अख्तियारको आग्रह

काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही हरिऔन गाविस–९ का लुम्बध्वज महत र मकवानपुरको पालुङ गाविस–५ का उमेशप्रसाद ढकालबारे सूचना दिई पक्राउमा सहयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।  आयोगले कर फछ्र्यौट आयोग, २०७१ का पदाधिकारीद्वय महत र ढकालले भ्रष्टाचार गरेको भन्ने उजुरीको अनुसन्धानका सिलसिलामा अख्तियारमा उपस्थित हुन सूचना जारी गरेकोमा हालसम्म उहाँहरु संवैधानिक उक्त आयोगको सूचनाको...
error: Content is protected !!