सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले डाँका मुद्दाका फरार आरोपीलाई पक्राउ गरी आज जिल्ला अदालतमा पेश गरेको छ ।

विसं २०६१ असार ३० गते सिन्धुपाल्चोक जिल्ला अदालतले साँगाचोकगडी नगरपालिका–७ बस्ने ३४ वर्षको राम श्रेष्ठलाई डाँका मुद्दामा पाँच वर्ष आठ महिना सात दिन जेल र १८ हजार १७२ रुपैयाँ ५० पैसा जरिवाना तिर्ने फैसला सुनाएको थियो ।

Advertisement

फैसला भएपनि फरार आरोपी श्रेष्ठ हालसम्म फरार रहेकामा प्रहरीको विशेष टोलीले बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र केसीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!