काठमाडौँ। भूतथा जलाधार संरक्षण विभागले बाढीपहिरोले क्षति पुर्‍याएको पाँच जिल्लामा तारजाली वितरण गरेको छ ।

विभागले दार्चुलागोरखालमजुङमकवानपुर र काभ्रेपलाञ्चोकमा तारजाली वितरण गरेको हो । दार्चुला र गोरखामा १०/१० टनलमजुङमा तीनमकवानपुरमा सात र काभ्रेपलाञ्चोकमा पाँच टन तारजाली वितरण गरेको विभागका महानिर्देशक विजयराज पौडेलले जानकारी दिए।

Advertisement

वर्षा लागेसँगै धेरै जिल्ला र व्यक्तिबाट तारजाली माग भएको थियो हामीले तारजाली वितरण निर्देशिकालाई आधार मानेर आकस्मिक रुपमा चाहिने जिल्लालाई मात्र वितरण गरेका हौँ,” उनले भने।

यस्तै जलुकेनी भू– संरक्षण समूह रसुवाबुन्कल नगरपालिका बझाङतारकेश्वर नगरपालिका काठमाडौँमध्यविन्दु नगरपालिका नवलपरासीसांसद रामअयोध्या यादवसांसद गोकुलप्रसाद घर्तीपूर्व सांसद पुष्पा भुसाललगायतले माग गरे पनि विभागले जिल्ला कार्यालयलाई प्राथमिकता दिएर उक्त तारजाली वितरण गरेको हो ।

विभागससँग रकम नभएकाले बाढीपहिरो नियन्त्रणमा समस्या भएको छ,” पौडेलले भने । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!