चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलास्थित चार किलोमा खसेको पहिरो पन्छाएपछि आज बिहान १०ः३० बजेबाट सडक सञ्चालनमा आएको छ । बुधबार अपराह्न ३ः२५ बजे पहिरो खसेर अवरुद्ध भएको सडकको पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो ।

राति ८ बजे एकतर्फी बाटो खुलाएर बीच सडकमा अड्किएर जोखिममा परेका झण्डै ३०० सवारी साधनलाई कटाएपछि पहिरो पन्छाउने काम राति रोकेर आज बिहान ४ बजेदेखि पुनः पन्छाउन सुरु गरिएको थियो ।

Advertisement

नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सडकको झण्डै ४० मिटर लामो भाग पहिरोले पुरिएको थियो । दुई लोडर र एक एक्साभेटरले पहिरो पन्छाएपछि सडक खुलेको हो ।

गत वर्ष पहिरो खसेर दुःख दिएकै ठाउँमा यस वर्ष पनि पहिरो खसेको खनालले बताउनुभयो । सडक विस्तारका क्रममा भित्तो काटिएका ठाउँमा पहिरो खस्ने क्रम बढेपछि हाल सो सडक रातिको समयमा बन्द गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!