तौलिहवा । कपिलवस्तु नगरपालिकामा रहेको एक बोर्डिङ स्कुलमा आगलागी भएको छ ।

कपिलवस्तु नगरपालिका-२ स्थित हरिवंश दयाशंकर (एचडी) मेमोरियल स्कुलमा बिहीबार दिउँसो आगलागी भएको हो ।

Advertisement

आगलागीबाट विद्यालयका ३ वटा कोठा पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

दमकलको सहयोगमा सुरक्षाकर्मी, स्थानीयबासी आगो निभाउन खटिएका छन् ।

आगो लागेको समयमा विद्यार्थीहरु भने थिएनन् ।

आगलागीबाट प्लाई उडले बेरेर बनाइएका कोठा र कोठाभित्र रहेका फर्निचर जलेर नष्ट भएको पत्रकार बसन्त गिरीले जानकारी दिए ।

विद्युत सट भएर आगो लागेको अनुमान गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!