भक्तपुर  । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न लागेको भन्दै एमालेलाई यो मान्य नहुने बताएका छन् ।

आज सूर्यविनायक नगरपालिका नगर कार्यपालिकाको प्रथम नगरसभाको उद्घाटन गर्दै उनले संविधानले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न खोज्नु गलत भएको बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘संविधान निर्माण गर्दा संविधानमै उल्लेख भएको केन्द्र, प्रदेश र स्थानीय तहको अवधारणालाई सरकारले केन्द्र र प्रदेशमा केही नगरी स्थानीय तहको अधिकार मात्रै कटौती गर्ने गरी कानुन ल्याउन लागेको छ, यो एमालेलाई मान्य हुनेछैन ।’

अधिकार सम्पन्न स्थानीय निकायले मात्रै आफ्नो गाउँपालिका तथा नगर एवम् समग्र देशको विकासमा सहयोग पुर्‍याउने भएकाले सबै राजनीतिक दल मिलेर विकासमा अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो ।

कार्यक्रममा सांसद रामेश्वर ढुङ्गेल, पूर्वमन्त्री महेश बस्नेत, एमाले केन्द्रीय सदस्य सानु श्रेष्ठलगायतले स्थानीय तहलाई दिएको अधिकार कटौती गर्न नहुने बताए ।

परिषद्मा नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले आर्थिक वर्ष २०७४/७५ का लागि कुल रु ४८ करोड १० लाख २८ हजारकोे अनुमानित बजेट सार्वजनिक गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!