काठमाडौं, २९ असार। चिडियाघरमा रहेका बाघ सातामा एक दिन निराहार वस्त बस्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर, आश्चर्य नमान्नुस । चिडियाघरमा रहेका दुईवटा पाटेबाघ कांछा र बांगे सातामा एक दिन निराहार व्रत बस्छन् ।

बाघलाई आहाराका रुपमा हरेक दिन ११ देखि १२ बजेसम्म ६–६ केजीको दरले १२ केजी राँगाको ताजा मासु दिने गरिएको जिबकिपर बाबुकाजी महर्जन बताउँछन् । सातामा ६ दिन नियमित दिए पनि शनिबार दुवै बाघलाई निराहार राखिने गरेको छ ।

Advertisement

३८ वर्षदेखि जिवकिपरको काम गर्दै आएका महर्जन भन्छन् – उनीहरुको पाचन प्रणाली तथा स्वास्थ्यका लागि सातामा एक दिन निराहार राख्ने गरिएको छ ।’ आजको राजधानी दैनिकमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!