विद्यार्थी संगठनद्वारा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने माग
काठमाडौँ, २४ माघ । विभिन्न विद्यार्थी संगठनले पछिल्लोपटक शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने माग गरेका छन् ।
अनेरास्ववियू, अखिल क्रान्तिकारी र नेवि संघलगायतका विद्यार्थी संगठनले संयुक्तरूपमा आज एक प्रेस विज्ञप्ति जारी गरी चर्को शुल्क वृद्धि रोक्नुपर्नेमा माग गरेका हुन् ।
सरकारले तोकेको मापदण्ड र निर्देशन विपरीत मेडिकल शिक्षामा गरेको अनियमिततालाई रोकी कारबाही प्रक्रिया अगाडि बढ...































