देवीदेवताको आकृति सहित अचम्मको गुफा फेला पर्यो
बेनी, म्याग्दी, २३ माघ । म्याग्दीको मंगला गाउँपालिका–१ खानीगाउँमा अचम्मको गुफा फेला परेको छ ।
बीस मिटर लामो सो गुफामा जनावर, पक्षी, हातहतियार, हिमशृंखला, पहाड, तालतलैया, देवीदेवताका मूर्ति, घर आदिका आकृति रहेका स्थानीयले बताएका छन् ।
पहाडको फेदीमा अवस्थित गुफाको अगाडिको भाग एक मिटर अग्लो भए पनि भित्री भाग तीनदेखि चार मिटरसम्मको उचाइमा फैलिएको छ । स्थानीय उदय रोकाले फेला पार्नुभएको गुफाको बार...



























