काठमाडौं, २५ माघ । वन तथा भू-संरक्षण मन्त्रालयले ८३ वटा सामुदायिक वनलाई गुपचुप रूपमा पर्सा वन्यजन्तु निकुञ्जमा गाभ्ने तयारी गरेपछि स्थानीय उपभोक्ता आक्रोशित भएका छन्।

Advertisement

स्थानीय तह तथा वन उपभोक्तासँग सहकार्य र समन्वयबिनै निकुञ्जले सामुदायिक वन हडप्न थालेको भन्दै त्यसलाई रोक्न उपभोक्ताले बुधबार मन्त्रालयमै पुगेर आपत्ति जनाए। मन्त्रालयका सचिव र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग प्रमुखलाई भेटेर त्यस्तो अप्रिय निर्णय नलिन उनीहरूले दबाब दिएका छन्।

आफूले दुःखले गोडमेल गरेर हुर्काएको वन क्षेत्र अनायस हडप्ने प्रयास भएको गुनासो उपभोक्ताले गरेका छन्। बाराका ४० र पर्साका ४३ सामुदायिक वनका उपभोक्ताले मन्त्रालयमा ज्ञापनपत्रसमेत बुझाएका छन्।

वातावरण संरक्षण नियमावली २०५४ को अनुसूची १ विपरीत प्रारम्भिक वातावरणीय अध्यन नगरेको र जैविक विविधता महासन्धिविपरीत स्थानीयसँग ‘पूर्वसूचित’ सहमति नलिइएको उनीहरूको भनाइ छ।

‘हाम्रो सहमतिबिना सामुदायिक वन हडपेर एकतर्फी निकुञ्ज विस्तार गर्न खोजिएको छ। यसमा हाम्रो विरोध छ,’ सामुदायिक वन महासंघ रौतहटका अध्यक्ष महेन्द्र उप्रेतीले अन्नपूर्णसँग भने, ‘राज्यसँग लडाइँ गर्न सक्दैनौं तर हामीले आफ्नो अधिकार खोजेका हौं। खुला डाँडापाखामा बिरुवा रोपेर समुदायले वन बनाएपछि वन्यजन्तुको चहलपहल बढ्यो भन्दैमा निकुञ्जमा गाभ्न जरुरी छैन।

हाम्रो मिहिनेत र पसिनाको पनि कदर हुनुपर्छ।’ उप्रेतीका अनुसार मन्त्रालयका सचिव युवकध्वज जिसीलाई जानकारी गराउँदा उनले आफूले मात्र रोक्न नसक्ने भन्दै माथिल्लो तहसम्म दबाब दिन सुझाएका थिए। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!