काठमाडौं, २५ माघ ।  चरिकोटस्थित सातदोबाटो चोकमा बिहान–बेलुकी बालबालिका हातमा कित्ली बोकेर स्थानीयलाई चिया खुवाउथे ।

मट्टीतेलको स्टोभमा पाकेको चिया प्लास्टिकको गिलासमा हालेर दिन थालेपछि स्थानीय के रहेछ भन्दै नजिक गएर बुझ्न खोज्थे ।

Advertisement

बालबालिकाले विद्यार्थी साथी मदन केसीलाई ब्लड क्यान्सर भएकाले उनको उपचारमा सहयोग जुटाउन चिया बेच्न थालेको भनेर जानकारी दिन्थे ।

स्थानीय गौरीशंकर बोर्डिङ स्कुलका ५, ६ र ७ कक्षा पढ्ने विद्यार्थीले ब्लड क्यान्सर साथीको उपचारमा सहयोग गर्न थालेको अभियानलाई स्थानीयले साथ दिए ।

उनीहरू चिया पिउँथे र इच्छाअनुसारको रकम बक्सामा खसालेर जान्थे ।

त्यसरी चियाबेच्दा माघ १७ देखि २३ गतेसम्मको अवधिमा ३ लाख १२ हजार रकम संकलन भयो ।,  आजको कान्तिपुर मा  यो खबर  छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!