Avatar photoSangalo Khabar

काठमाडौ, २४ माघ ।  एनसेलले भ्यालेन्टाइन डेको अवसर पारेर असिमित भ्वाइस तथा डाटा प्याकको प्याकेज ल्याएको छ ।

बिहीबारदेखि शुरु भई १५ दिनसम्म लागू हुने प्याकेजमा प्रयोगकर्ताले असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याट गर्न सक्ने एनसेलले जनाएको छ ।

Advertisement

एनसेलका सबै पि्रपेड तथा पोस्टपेड ग्राहकले करसहित १५ रुपैयाँमा असिमित भ्वाइस प्याकलिई विहान ५ बजेदेखि बेलुका ५ बजे सम्म एनसेलको नेटवर्क भित्र कुराकानी गर्न सक्नेछन् । यो भ्वाइस प्याक २४ घण्टाको लागि मान्य हुनेछ ।

भिडियो च्याट गर्न ग्राहकले यस अफर अन्तर्गत कर सहित २० रुपैयाँमा एक घण्टाको डाटा प्याक लिइ भिडियो च्याट गर्न सक्नेछन् । यो डाटा प्याक सुरु भएको १ घण्टाको लागि मान्य रहनेछ । ग्राहकले आफ्नो आवश्यकताअनुसार यो प्याक योजनाअवधिभर जति पटक पनि लिन सक्ने एनसेलले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement