भीमदत्तनगर, २५ माघ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत कञ्चनपुरको झलारी–बाणी सडक खण्डको बनहरा पुलमा जिपको ठक्करबाट आज एक युवतीको मृत्यु भएको छ ।

धनगढीबाट महेन्द्रनगरतर्फ आइरहेको बा १३ च ३९०४ नम्बरको जिपले बनहरा पुलमा पैदल हिडिरहेकी शुक्लाफाँटा नगरपालिका–१ की २० बर्षिया हजारी विकलाई ठक्कर दिदा घटनास्थलमै उनको मृत्यु भएको थियो ।

Advertisement

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक मणी भट्टले चालक र जिप प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिनुभयो । युवतीको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पु¥याइएको छ । मृतक विक पैदल हिडेर बंकस्थित शिविरमा दिदीलाई भेट्न जाँदै थिइन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!