विराटनगर,२४ माघ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले फागुन दोस्रो हप्तासम्म कांग्रेसले सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।संवैधानिका प्रक्रियाका कारण केही ढिलाइ भए पनि राष्ट्रियसभा चुनाव सकिएकाले अब छिट्टै सत्ता हस्तान्तरण गर्ने बताएका हुन् ।

Advertisement

प्रेस युनियन मोरङले वुधबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा उनले भने ‘जनताले दिएको म्याण्डेट अनुसार कांग्रेस सत्ता हस्तान्तरण गरी प्रतिपक्षमा बस्न तयार छ, मुलुकले फागुनको दोस्रो सातासम्म नयाँ सरकार पाउनेछ ।’

प्रवक्ता शर्माले पछिल्लो पटक सरकारले गरेको निर्णयले मुलुकलाई दुरगामी असर नपर्ने जिकिर गरे । उनले वर्तमान सरकारले गरेको राम्रा निर्णयलाई नयाँ सरकारले पनि निरन्तरता दिनुपर्ने बताए ।

पत्रकारको प्रश्नमा शर्माले कांग्रेसभित्र रुपान्तरणको आवश्यकता रहेको बताए । निर्वाचनमा कांग्रेसले भोगेको पराजयको आन्तरिक र दीर्घकालीन असर खोजेर पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

उनले केन्द्रीय कार्य समितिको बैठक बोलाएर कांग्रेसले महासमिति बैठकको मिति तोक्ने पनि जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!