दक्षिण कोरियामा अमेरिकी अधिकारीसँग भेटवार्ता हुदैन– उत्तर कोरिया
प्योङयाङ, २५ माघ । ओलम्पिक खेलकूदमा सहभागिताका लागि दक्षिण कोरिया गएको समयमा उत्तर कोरियाली अधिकारीले अमेरिकी अधिकारीसँग भेटवार्ता गर्ने सम्भावनालाई उत्तर कोरियाले नकारेको छ ।
यससम्बन्धी समाचारको उत्तर कोरियाले खण्डन गरेको बताइएको हो । शुक्रबारदेखि दक्षिण कोरियामा शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन हुदैछ । त्यस क्रममा उत्तर कोरियाका उच्च सरकारी अधिकारी पनि त्यहाँ गएका छन् ।
दक्षिण कोरियाको तर...






























