चितवनमा अज्ञात रोगबाट तीनहजार ५०० कुखुरा मरे
रत्ननगर, चितवन, २३ चैत । शंकास्पद रोगका कारण चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरको लामिछाने पोल्ट्री फार्मका तीन हजार ५०० लेयर्स कुखुरा मरेका छन् ।
करीब एक हप्ताको अन्तरालमा यसरी कुखुरा मरेका हुन् । यही चैत १५ गतेदेखि कुखुरा मर्न थालेको फर्मका सञ्चालक द्रोणप्रसाद लामिछानेले जानकारी दिनुभयो । कुन रोग लागेको भन्ने पहिचान भने भएको छैन ।
“एक्कासि कुखुरा झोक्राउने र मर्ने भयो, लामिछानेले भन्नुभयो, ...





























