काठमाडाैँ, ५ वैशाख। यातायातमा कायम रहेको सिन्डिकेटलाई हटाउने निर्णय गरेसँगै यातायात व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् । साथै उनीहरुले अनिश्चितकालीन बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै आगामी बैशाख २७ गतेबाट अनिश्चितकालीन यातायात बन्द गर्ने चेतावनी दिएको हो ।

Advertisement

त्यो भन्दा अघि पनि विभिन्न दबाबमूलक कार्यक्रम घोषणा गरिने भएका छन् ।  घोषित आन्दोलनको कार्यक्रमअनुसार बैशाख ६ गते संयुक्त आन्दोलनको तयारी गर्ने, बैशाख ७ गते प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, बैशाख ८ गते सम्पूर्ण सार्वजनिक सवारी साधनहरुमा कालो झण्डा राख्ने, बैशाख ९ गते  यातायातसँग सम्बन्धित प्रमुख दलका नेताहरुलाई ज्ञापन पत्र बुझाउने तय भएको जानकारी पत्रकार सम्मेलनमा दिइयो ।

यस्तै बैशाख १० र ११ गते  ७ ओटै प्रदेशमा कोणसभा गर्ने,  बैशाख १२ र १३ गते गाडी गुडाउने समय फ्रि छाड्ने,  बैशाख १४ र १५ गते सातै प्रदेशका सदरमुकाम र काठमाडौं उपत्यकामा सबै साधनहरु क्यु छाड्ने,  बैशाख १६ गते यातायात कार्यालहरु घेराउ गर्ने  कार्यक्रम तय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्याक्ष तथा आन्दोलन संयोजन समितिका  संयोजक योगेन्द्रनाथ कर्माचार्यले जानकारी दिए ।

यस्तै बैशाख १६ गते सबै यातायात कार्यालय घेराउ गर्ने, बैशाख २१ गते गाडीलाई ग्यारेजमा थन्क्याउने,  २२ गते संघर्षसमितिको बैठक बसेर थप निर्णय लिने तथा बैशाख २७ गतेबाट अर्को जानकारी नआएसम्म देशभरका सार्वजनिक सवारीका साधनहरु घर तथा ग्यारेजमा थन्क्याउने निर्णय भएको कर्माचार्यले जानकारी दिए ।

सरकारले सिन्डिकेट हटाएसँगै त्यसको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलिमय ढुवानी महासंघ, ढुवानी व्यवसायी महासंघ र नेपाल पेट्रोलिम डिलर राष्ट्रिय एसोशियनले संयुक्त रुपमा आन्दोलन गर्ने घोषणा गरेका हुन् ।  पत्रकार सम्मेलनमा कर्माचार्यले यातायात व्यवसायलाई कम्पनीमा दर्ता गर्नुपर्ने प्रावधान आफूहरुलाई अमान्य हुने भन्दै सो व्यवस्था फिर्ता नलिए जस्तोसुकै जानपनि बाध्य हुने चेतावनी दिए

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!