एजेन्सी

अमेरिका, ५ वैशाख। अमेरिकाकी पूर्व प्रथम महिला बारबारा बुसको मङ्गलबार निधन भएको छ ।  लामो समयदेखि अस्वस्थ रहेकी बुसको ९२ बर्षको उमेरमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
उपचार गराउन अस्विकार गरेर घरमै आफन्तसँगै बस्न थालेको केही दिनपछि उनको अहिले निधन भएको हो ।

Advertisement

उनले जीवनको अन्तिम दिनहरुमा आफन्तसँग बस्न चाहेको भन्दै अस्पतालमा बस्न अस्विकार गर्दै आएका थिए ।  स्वर्गिय बारबारा बुस उनका श्रीमान जर्ज बुस सन् १९८९ र १९९३ मा गरी दुई पटक अमेरिकाको राष्ट्रपति भएका बेला प्रथम पहिलाको रुपमा प्रशंसनीय भूमिका खेलेकी थिइन् ।

उनी सन् २००१ र सन् २००९ मा राष्ट्रपति भएका जर्ज डब्लु बुसकी आमा समेत हुन् । श्रीमान् र छोरालाई राष्ट्रपति भएको देख्ने उनी एक मात्र अमेरिकी महिला समेत हुन् ।  त्यस बाहेक उनी साक्षरता अभियान्ताका रुपमा संसारभरी चिनिन्छिन्। उनले जीवनको अन्तिम समयसम्म पनि साक्षरता अभियानका बारेमा चिन्ता, चासो र सक्रियता देखाईरहनु भएको बताइएको छ ।

“जीवनको अन्तिम घडीसम्म पनि उनले हामीलाई पथ प्रदर्शकको रुपमा घच्घच्याईरहनु भयो, बारबारा बुस जस्तो आमा पाउनु मेरो लागि भाग्यको कुरा हो, उनलाई गुमाउनु पर्दा हाम्रो परिवारले रित्तो महसूस गरेका छौ, साथै उनको लागि प्राथना गरिदिनु भएका सवैप्रति हार्दिक धन्यबाद दिन चाहन्छु,” जर्ज डब्लु बुसद्धारा जारी वक्तव्यमा भनिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले पनि उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।  राष्ट्रपतिको कार्यालय ह्वाईटहाउसद्धारा जारी वक्तव्यमा उनलाई लामो समयसम्म सम्झिरहने र उनी सधै अमेरिकी र परिवारको लागि प्रेरणाको श्रोत भईरहने उल्लेख गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!