टोकियोे, जापान, ६ वैशाख । जापानको दक्षिणीे हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको छ ।

ज्वालामूखी विस्फोटका कारण सयौँ मिटरमाथि आकासमा आगोका लप्का पुगेका बताइएको छ । माउन्ट आइओ नाम दिइएको ज्वालामूखीका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै प्रशासनले हिमाली क्षेत्रनजिक नवस्न सम्वद्ध सवैलाई सूचना गरेको छ ।

Advertisement

जापान मौसम विज्ञानसम्बन्धि निकाय जेएमएका माकोतो साइतोका अनुसार अझ केही समयसम्म माउन्ट आइओ थप सक्रिय हुनसक्ने सम्भावना रहेको छ ।

साइतोले टेलिभिजनमार्पmत गरेको प्रेस सम्मेलनमा हिमाली क्षेत्रका वासिन्दालाई माउन्ट किरिसिमा क्षेत्रबाट टाढा रहेर आफ्नो सुरक्षाका लागि सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

माउन्ट किरिसिमा क्षेत्रमा सन् १७६८ पछि ज्वालामूखी विस्फोट भएको यो पहिलो घटना भएको जेएमएले बताएको छ ।

उक्त निकायले ज्वालामुखी बिस्फोट भएको हिमालको तीन किलोमिटर टाढासम्म विस्फोटका कारण उछिट्टिने सम्भावना रहने भन्दै नागरिकलाई टाढै बस्न निर्देशन दिएको छ । ज्वालामूखीका कारण ४०० मिटर माथिसम्म ज्वालाको मुस्लो तथा खरानी पुगेको स्थानीय समाचारमाध्यमले जनाएको छ ।

स्थानीय सञ्चारमाध्ययमले ज्वालामूखीको समय खिचिएका दृष्यचित्रहरूलाई प्रशारण गरेका थिए ।
जापानको उत्तरपश्चिमी क्षेत्रमा यस वर्षको जनवरीमा पनि प्रसिद्ध स्की रिसोर्टमा विस्फोट भएको थियो जसका कारण एक जापानी सैनिकको मृत्यु भएको थियो ।

त्यसैगरी सन् २०१४ को सेप्टेम्बर २७ मा माउन्ट अनटेक क्षेत्रमा ९० वर्षपछि ज्वालामूखी विस्फोट हुँदा स्की र हिमाली पर्यटनका लागि गएका करिब ६३ जनाको ज्यान गुमेको थियो । जापानका हिमाली क्षेत्रलाई ज्वालामूखी विष्फोटका हिसावले अतिसम्वेदनशील क्षेत्र मानिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!