प्रमको भारत भ्रमण: पञ्चेश्वर आयोजना प्राथमिकतामा

प्रमको भारत भ्रमण: पञ्चेश्वर आयोजना प्राथमिकतामा

काठमाडौँ, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ गतेदेखि गर्न लाग्नुभएको भारतको राजकीय भ्रमणमा पञ्चेश्वर बहुद्देश्यीय आयोजनाका बारेमा छलफल गर्ने तयारी गरिएको छ । लामो समयदेखि चर्चामा सीमित सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)का विषयमा आवश्यक सहमति जुटाउन भ्रमणका क्रममा पहल गर्न लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले मंगलबार संघीय संस...
बुटवलका व्यवसायी बलु हत्याका मुख्य अभियुक्त पक्राउ

बुटवलका व्यवसायी बलु हत्याका मुख्य अभियुक्त पक्राउ

बुटवल, २१ चैत ।  रुपन्देहीको देवदहका व्यवसायी वसन्त पौडेल (बलु) को हत्याका मुख्य अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरी कारबाहीमा मारिएका मनोज पुनको योजनामा व्यवसायी पौडेललाई गत पुस २१ गते आफ्नै काठ उद्योगमा बसिरहेका बेला मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए । प्रहरीले व्यापारी पौडेल हत्याका मुख्य अभियुक्त सुभाष गुरुङलाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजन...
छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ

छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ

लमजुङ, २१ चैत । आफ्नै छोरीलाई करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । सुन्दरबजार–४, दुराडाँडाका सार्की थरका एक जनालाई मदिरा सेवन गरी पटकपटक १४ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । छोरीलाई धम्की दिँदै करणी गर्ने गरेको श्रीमतीले थाहा पाएपछि प्रहरीमा उजुरी दिएकाले सार्कीविरुद्ध जबर्जस्ती करणी र हाडनाता करणी उद्योग मुद्दा हालिएको प्रहरीले जनाएको छ । ...
नेपाल र स्वीट्जरल्याण्डको संसद्बीच ‘फ्रेन्डसीप ग्रुप’ बन्ने

नेपाल र स्वीट्जरल्याण्डको संसद्बीच ‘फ्रेन्डसीप ग्रुप’ बन्ने

काठमाडौँ, २१ चैत । सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ वोन क्यापेलरले शिष्टाचार भेट गर्नुभएको छ । सभामुखको कार्यालय सिंहदरबारमा आज भएको भेटमा सभामुख महराले संसदीय सम्बन्धलाई प्रगाढ बनाउन दुई देशका संसद्बीच ‘फ्रेन्डसीप ग्रुप’ स्थापना गर्ने बारेमा पहल बढाउनुपर्ने बताउनुभयो । भेटघाटका क्रममा राजदूत क्यापेलरले सभामुखमा निर्वाचित भएकामा सभामुख कृष्णबहादुर म...
एमाले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ चयन

एमाले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ चयन

काठमाडौं, २१ चैत । नेकपा एमालेले सुवास नेम्वाङलाई संसदीय दलको उपनेता चयन गरेको छ । संसदीय दलको आज बसेको बैठकले संविधानसभाका पूर्वअध्यक्ष एवं सभामुख समेत रहिसक्नु भएका नेम्वाङलाई उपनेता बनाएको हो ।   त्यस्तै, संघीय संसद अन्तरगत प्रतिनिधिसभाकाे प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरीलाई सर्वसम्मत रुपमा चयन गरेको नेता नेम्वाङले जानकारी दिए । बैठकमा प्रधानमन्त्री समेत...
४० लाख नगदसहित २ जना पक्राउ

४० लाख नगदसहित २ जना पक्राउ

वीरगञ्ज, २१ चैत । बारा प्रहरीले ४० लाख नगदसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतीय नागरिक पनि छन् । विहारका २२ वर्षीय गुड्डुकुमार र वीरगञ्ज १६ ईनर्वाका सन्तोष कुमार जयसवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ना. ५४ प. १५४५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका गुड्डुको साथबाट ४० लाख बरामद भएको हो । उनले दुबै खुट्टाको पिडौंलामा ईलाष्टिकले बाँधेर एक हजारका ६०० थान (प्रत...
सरकारले निर्धक्क भएर काम गर्ने प्रधानमन्त्री ओलीकाे भनाइ

सरकारले निर्धक्क भएर काम गर्ने प्रधानमन्त्री ओलीकाे भनाइ

काठमाडौँ, २१ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि, सुशासन, विकास र भ्रष्टाचारविहीन समाजको निर्माणमा वर्तमान सरकारले निर्धक्क भएर काम गर्ने बताएका छन्। उनले भने, “देशले राजनीतिक स्थायित्व प्राप्त गरेको छ । अब सरकार ढुक्कले देशमा विकासको मूल फुटाउने काममा लाग्छ। सरकार दायाँबायाँ अल्मलिने छैन। सबै क्षेत्रले सहयोग गर्नुहोस्।” राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित दोस्रो सहकारी महासम्म...
८८ वर्ष अघि हराएको बुद्धको मूर्ति अमेरिकाबाट नेपाल ल्याइयो (भिडियोसहित)

८८ वर्ष अघि हराएको बुद्धको मूर्ति अमेरिकाबाट नेपाल ल्याइयो (भिडियोसहित)

काठमाडौँ, २१ चैत । सरकारले अमेरिकाको मेट्रो पोलिट्यान म्युजियममा रहेको २ वटा पूरातात्विक महत्वको मूर्ति फिर्ता ल्याएको छ। नेपालबाट ८८ वर्ष अघि हराएको बुद्धको मूर्ति र ९५ वर्ष अघि हराएको उमा महेश्वरको मूर्ति बुधबार नेपाल फिर्ता भएको हो। मेट्रो पोलिटन म्युजियमले आफूहरुको दावी पछि दुवै मूर्ति नेपाल फिर्ता पठाएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए। विभागले मूर्ति फिर्ताका ला...
पढाउने नाममा काठमाडौँ ल्याइएका ५२ बालबालिका घरेलु बालश्रमिक

पढाउने नाममा काठमाडौँ ल्याइएका ५२ बालबालिका घरेलु बालश्रमिक

काठमाडौँ, २१ चैत । दुर्गम जिल्ला बाजुराबाट ५२ जना अबोध बालबालिकालाई पढाउने आश्वासन दिएर काठमाडौँलगायत अन्य शहरमा ल्याई घरेलु बालश्रमिकका रुपमा प्रयोग गरिएको पाइएको छ । गत मंसिरदेखि फागुनसम्म  चार महिनाको अवधिमा केन्द्रीय बालकल्याण समितिले बालबालिकासम्बन्धी विभिन्न घटना समेटेर तयार पारिएको विश्लेषण प्रतिवेदनमा कानून विपरीत ती बालबालिकालाई घरेलु बालश्रमिकका रुपमा प्रयोग भएको पाइएको हो । समितिका का...
ओलीको भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीले दिए यस्तो सुझाव

ओलीको भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीले दिए यस्तो सुझाव

काठमाडौँ, २१ चैत।  पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी ओलीलाई आसन्न भारत भ्रमणका क्रममा राष्ट्रिय मुद्धामा स्थिर रहन सुझाव दिएका छन् । हरेक पटक हुने प्रधानमन्त्रीको भ्रमणका क्रममा ठुला–ठूला आश्वासन मात्रै आएपनि देखिने गरी परिणाम आउन नसकेको भन्दै उनीहरुले राष्ट्रिय मुद्धामा दरिलो उपस्थिति जनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । प्रधानमन्त्रीको भ्रमणलाई सद्भाव भ्रमण मात्रै नबनाउन उ...
घुस लिँदै गर्दा विद्युत् इन्जिनियर चौधरी पक्राउ

घुस लिँदै गर्दा विद्युत् इन्जिनियर चौधरी पक्राउ

कलैया, २१ चैत । विद्युत् प्राधिकरण बाराका इन्जिनियर रतनेशकुमार चौधरी घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग घुसबापत रु नौ हजार ५०० लिइरहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसंन्धान क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्का नेतृत्वको टोलीले उहाँलाई पक्राउ गरेको हो । टोलीले उहाँलाई आफूसंगै हेटौँडा लगिएको छ । एक सेवाग्राहीको घरमा रहेको मिटरको पावर बढाउनका लागि घुसब...
मयुर यातायातको विरुद्धमा अन्य बस व्यवसायीद्वारा यातायात बन्द

मयुर यातायातको विरुद्धमा अन्य बस व्यवसायीद्वारा यातायात बन्द

धुलिखेल, २१ चैत। कोटेश्वर पूर्वमा चल्ने विभिन्न यातायात सेवा समितिले मयुर यातायातको विरोधमा बस सेवा बन्द गरेका कारण आज काभ्रेपलाञ्चोक जिल्लाका सर्वसाधारणलाई प्रभाव पारेको छ । काभ्रे बस सेवा समिति र काभ्रे मिनिबस सेवा समितिलगायत १३ वटा यातायात समिति मिलेर कोटेश्वर पूर्वमा कुनै पनि यातायात नचलाउने निर्णय गरेको जनाएको छ । काभ्रे मिनी बस सेवा समितिका अध्यक्ष राजेशसुन्दर सैंजुले यातायात व्यवस्था विभा...
अन्तर–कोरियाली शिखर बैठकको तयारी

अन्तर–कोरियाली शिखर बैठकको तयारी

पानमुनजोम, कोरिया, २१ चैत । दुई कोरियाबीचको तनावबाट मुख्य रुपमा घेरामा परेको सीमावर्ती गाउँ पानमुनजोमले अप्रिलको अन्त्यतिर विशेष अतिथिलाई स्वागत गर्ने तयारी गर्दैछ । ती व्यक्ति हुन् उत्तर कोरियाली नेता किम जोङ–उन । उनले अन्तर-कोरियाली शिखर बैठकका निम्ति यही गाउँको बाटो प्रयोग गर्दैछन् । दुई कोरिया अर्थात् उत्तर कोरिया र दक्षिण कोरियाको विभाजनको मुख्य बिन्दु नै पानमुनजोम हो । दुई कोरियाको विभा...
एमाले नेता भेटवालको उपचारका क्रममा निधन

एमाले नेता भेटवालको उपचारका क्रममा निधन

काठमाडौं, २१ चैत । एमाले नेता जागृतप्रसाद भेटवालको निधन भएको छ । क्यान्सर रोगबाट पीडित भेटवालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । लामो समयदेखि क्यान्सरबाट पीडित भेटवालको स्वास्थ्य समस्या जटिल हुँदै गएपछि केही दिनअघि आइसियूममा राखिएको थियो । भेटवालको शरिरका सवै अंगमा क्यान्सर फैलिएको थियो । भेटवाल ०४२ सालमा प्रगतिशील पक्षबाट राष्ट्रिय पञ्चायतमा निर्वाचित भएका थिए । साथै ०४८ र २०५१ साल...
बेचिएकी चेली १७ वर्षपछि घर फर्किइन्

बेचिएकी चेली १७ वर्षपछि घर फर्किइन्

कञ्चनपुर, २१ चैत । भारतमा बेचिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी ३२ वर्षीया तारा कामीले आफू घर फर्कने कुरा सपनामा समेत चिताउनु भएको थिएन । पन्ध्र वर्षकै कलिलो उमेरमा घर नजिकैको झलारी बजारमा किनमेल गर्न गएका बखत  नशालु पदार्थ खुवाएर सशस्त्र द्वन्द्वको मौका छोप्दै विसं २०५८ मा दलालहरुले अपहरण गरी उहाँलाई भारत पु¥याएर बेचेका हुन् । “यहाँबाट लगेपछि कोठामा थुनेर राख्थे, होशमा आउने बित...
धार्मिक पर्यटकीयस्थल ढोरपाटनले विकासमा फड्को मार्न सकेन

धार्मिक पर्यटकीयस्थल ढोरपाटनले विकासमा फड्को मार्न सकेन

ढोरपाटन, बागलुङ, २१ चैत ।  नेपालकै पहिलो एवं एकमात्र शिकार आरक्षका रुपमा रहेर पनि ढोरपाटन विकासका दृष्टिले ओझेलमा परिरहेको ढोरपाटनमा आयोजित एक अन्तरक्रियामा जोड दिइएको छ । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आइतबारदेखि जारी ढोरपाटन अवलोकन भ्रमण कार्यक्रमअन्तर्गत आरक्षण क्षेत्र परिसरस्थित सामुदायिक होटलम...
काठमाडौँ भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित्

काठमाडौँ भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित्

काठमाडौँ, २१ चैत ।  पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौँ भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित भएको छ । काठमाडौँ महानगरपालिकाको सार्वजनिक–निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले भन्नुभयो, “अत्यन्तै सुस्तगतिमा काम भएकाले निर्धारित समयमा सकिंदैन” । भ्यू टावर निर्माणका लागि खम्बा राख्ने काम भइरहेको छ, जुन पहिलो चरणको काम हो । विसं २०७१ फागुन २२ गते जलेश्वर स्वच्छन्द विकोइ ...
मुख्यमन्त्री पत्नीलाई घरमै बसी-बसी तलब

मुख्यमन्त्री पत्नीलाई घरमै बसी-बसी तलब

कालिकोट, २१ चैत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकी पत्नी चन्दाकुमारीले घरमै बसी-बसी एक दशकदेखि सरकारी ढुकुटीबाट तलब खाएको खुलेको छ । पचालझरना गाउँपालिका–९ स्थित कालिकादेवी आधारभूत विद्यालयमा ०५४ भदौ ११ मा अस्थायी नियुक्ति लिएकी उनले ०६४ सालदेखि विद्यालयमा जान छोडे पनि तलब खाइरहेको खुलेको हो । मुख्यमन्त्री शाही, प्रधानाध्यापक अनिपाल शाही र जिल्ला शिक्षा अधिकारी विष्णु तिवारीसँ...
नदीमा नुहाउन गएका दुई विद्यार्थीको डुबेर मृत्यु

नदीमा नुहाउन गएका दुई विद्यार्थीको डुबेर मृत्यु

मलेखु, धादिङ, २१ चैत ।  गर्मी छल्न बूढीगण्डकी नदीमा नुहाउन गएका दुई जना विद्यार्थीको मंगलबार साँझ डुबेर मृत्यु भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटार निवासी १५ वर्षीय कुशल हमाल र १३ वर्षीय कस्मिक हमालको बूढीगण्डकीमा डुबेको अवस्थामा उद्धार गरिएको र उपचारका लागि हेलिकप्टरबाट काठमाडाँै लाँदै गर्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ध्रुबराज राउतले बताउनुभयो । नदी...
नेपाली भनेर कमसल भारतीय सुनको बिक्री

नेपाली भनेर कमसल भारतीय सुनको बिक्री

गौशाला, २१ चैत। महोत्तरी जिल्लाको विभिन्न शहर बजारमा भारतबाट तस्करी गरी ल्याइएको कमसल सुन नेपाली भनेर बिक्री भइरहेको रहस्य खुलेको छ । महोत्तरीको विभिन्न बजारबाट २२ र २४ क्यारेटका सुन भारत तस्करी हुने गरे पनि अहिले भारतबाटै १८ र २० क्यारेटको सुन महोत्तरीको विभिन्न बजारका सुनचाँदी पसलेले मगाएर २२ र २४ क्यारेटको मूल्यमा बिक्री गरिरहेको नाम नछाप्ने शर्तमा एक सुन व्यापारीले बताएका छन् । महोत्तरीको स...
दाजुका छोराछोरी हत्या गर्ने खर्कबहादुर प्रहरी खोरमा

दाजुका छोराछोरी हत्या गर्ने खर्कबहादुर प्रहरी खोरमा

लिबाङ, रोल्पा, २१ चैत ।  बन्चरो प्रहार गरी दाजुका छोराछोरी एकैसाथ हत्या गर्ने त्रिवेणी गाउँपालिका–२ डाफ्लाका २१ वर्षीय खर्कबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खर्कबहादुरले आफ्नै दाजु पर्ने गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती विकको सोमबार साँझ ४ बजे बन्चरो प्रहार गरी हत्या गरेका थिए । घर नजिकै खेलिरहेका बालबालिकाको हत्या गरी भागेका अभियुक्त खर्कबहादुरलाई घटनापछि न...
युट्युब मुख्यालयमा गोली चल्यो, एकको मृत्यु तीन घाईते

युट्युब मुख्यालयमा गोली चल्यो, एकको मृत्यु तीन घाईते

काठमाडौं, २१ चैत। अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित युट्युबको मुख्यालयमा तीनजनालाई घाइते बनाउने गरी गोली हान्ने सन्दिग्ध महिलाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।ती महिलाले अन्यलाई हमला गरेपछि आफैँमाथि पनि गोली हानेकी थिइन्। प्रहरीका अनुसार गोली चल्दा घाइते भएका सबैलाई अस्पतालमा लगिएको थियो। उक्त घटनाम घाइते भएका एक ३६ वर्षीय युवकको अवस्था गम्भीर रहेको बताइएको छ।सीबीएस न्युजका अनुसार ती य...
एक अर्ब ११ करोडको आलु उत्पादन

एक अर्ब ११ करोडको आलु उत्पादन

नुवाकोट, २१ चैत। नुवाकोटमा यस वर्ष रु एक अर्ब ११ करोड मूल्य बराबरको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे दुई याममा उत्पादित ७४ हजार २०४ मेट्रिक टन आलु बिक्री गरेर जिल्लाका किसानले उक्त रकम आर्जन गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । “अघिल्लो वर्षको भन्दा आलु लगाउने क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि भएको छ,” वरिष्ठ कृषि विकास अधिकृत गैरेले भन्नुभयो – “किसा...
डिएनए परीक्षणको शुरुआतसँगै जनावरसम्बन्धी मुद्दा बढे

डिएनए परीक्षणको शुरुआतसँगै जनावरसम्बन्धी मुद्दा बढे

ललितपुर, २१ चैत । जनावरको डिएनए परीक्षण शुरु भएपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा जनावरको विभिन्न भागको परीक्षणका लागि मुद्दा आउने क्रम बढेको छ । डिएनए परीक्षण शुरु भएयता मात्रै झण्डै ५० वटा जनावरसम्बन्धी घटना अनुसन्धानका लागि आएको प्रयोगशालाका प्रमुख वैज्ञानिक अधिकृत दिनेशकुमार झाले बताउनुभयो । तीमध्ये वन्यजन्तुको ११ र गाईको चार गरेर १५ वटा मुद्दा डिएनए परीक्षणबाट अनुसन्धान गरिएको छ । अरू...
वन्यजन्तु मारिनेक्रम बढ्न थालेपछि सवारी गतिलाई कम गर्ने योजना

वन्यजन्तु मारिनेक्रम बढ्न थालेपछि सवारी गतिलाई कम गर्ने योजना

वीरगञ्ज, २० चैत । त्रिभुवन राजपथअन्तर्गत पथलैयादेखि अमलेखगञ्ज सडकखण्डमा सवारीको ठक्करबाट वन्यजन्तु मारिनेक्रम बढ्न थालेपछि पर्सा राष्ट्रिय निकुञ्जले सवारी गतिलाई कम गर्न सो क्षेत्रमा ड्रम राख्ने योजना अघि सारेको छ । पथलैयादेखि अमलेखगञ्जसम्म नौ किलोमिटर सडक पर्सा राष्ट्रिय निकुञ्जकोबीच भागबाट गएको र सो खण्डमा कालोपत्र सडक भएकाले चालक तीव्रगतिमा सवारी साधन चलाउँदा निकुञ्जभित्र रहेको दुर्लभ वन्यजन्त...
पशुपति क्षेत्र मगन्तेरहित घोषणा

पशुपति क्षेत्र मगन्तेरहित घोषणा

काठमाडौँ, २० चैत । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रलाई आजदेखि मगन्तेरहित क्षेत्र घोषणा गरेको छ । कोषले आज आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले पेशाका रुपमा माग्न बसेकालाई पुनःस्थापना केन्द्रमा राखी काम गरेर जीविकोपार्जन गर्न सिकाउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “माग्ने, चोर्नेकाम विकसित देशमा पनि हुन्छ, यो घोषणा महत्वकांक्षी जस्तो ल...
प्रधानमन्त्री ओलीद्वारा दुःख ब्यक्त

प्रधानमन्त्री ओलीद्वारा दुःख ब्यक्त

काठमाडौँ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी जीवन संगिनी यशोदा सुवेदीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आज उहाँले ट्वीटमार्फत शोकसन्देश जारी गर्दै सुवेदीको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । “कलाकार मदनकृष्णको सफल कलायात्रा र समाजसेवाकी अनन्य सहयोगी स्व सुवेदीप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु”, उहाँले भन्नुभएको छ, ‘‘शोकमा पर्नुभएका मदनकृष्ण र परिवारजन...
डुबानको अन्त्य, सीमा अतिक्रमण बन्द गर्नुपर्नेमा जोड

डुबानको अन्त्य, सीमा अतिक्रमण बन्द गर्नुपर्नेमा जोड

काठमाडौँ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लाग्नुभएको भारत भ्रमणका समयमा मुलुकको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर भारतसँग छलफल गर्नुपर्नेमा विभिन्न दलका नेताले सुझाउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले खुला सिमानाका कारण दुवै देशमा परेका अप्ठ्यारो पक्ष, मुलुकको व्यापार घाटा न्यूनीकरणका लागि स्वदेशी वस्तु निर्यात, सम्झौता भएर कार्यान्वयन नभएका...
नेपाली उपभोक्तामा लोकप्रिय बन्दै प्रानका उत्पादन

नेपाली उपभोक्तामा लोकप्रिय बन्दै प्रानका उत्पादन

काठमाडौं, २० चैत्र। बहुराष्ट्रिय बंगलादेशी कम्पनी प्रानका उत्पादनहरु नेपाली बजारमा लोकप्रिय बन्दै गएका छन् । सन् १९८१ देखि बंगलादेशमा सञ्चालन हुँदै आएको प्रानले नेपाली बजारमा सन् २००८ बाट उत्पादनहरु निर्यात गर्दै आईरहेको हो । नेपाली बजारमा प्रानले खाद्यवस्तुदेखि पेय पदार्थ विस्कुट, कन्फेक्सनरी, बेकरी, स्नाक्स भित्राएको छ । प्रानका उत्पादनहरु बंगलादेशको खाद्य वस्तु निर्यातमा ८० प्रतिशत बजार हिस्...
प्रदूषण रोक्न इकाइ गठन गरिने

प्रदूषण रोक्न इकाइ गठन गरिने

काठमाडौँ, २० चैत। सरकारले काठमाडौँ उपत्यकामा व्याप्त धुलो र धुवाँको समस्या नियन्त्रणका लागि छुट्टै इकाइ गठन गरेर काम थालेको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको निर्देशनमा साविकको वातावरण मन्त्रालयले मन्त्रालयमा शाखाकैरुपमा रहने गरी ‘धुलो नियन्त्रण इकाइ’ गठन गरेको हो । तत्कालका लागि इकाइको नेतृत्व वातावरण विभागका उपसचिव शंकरप्रसाद पौडेलको नेतृत्वमा समिति गठन गरिएको मन्त्रालयका सचिव प्...
आमा बन्न पाउने अधिकार सुरक्षित गर्छौं : मन्त्री पुन

आमा बन्न पाउने अधिकार सुरक्षित गर्छौं : मन्त्री पुन

बाबियाचौर, म्याग्दी, २० चैत। प्रदेश ४ का सामाजिक विकास मन्त्री नरदेवी पुनले सहजरुपमा आमा बन्न पाउने अधिकार सुरक्षित गर्न प्राथमिकता दिने बताउनुभएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आज गृह जिल्ला म्याग्दीको बेनीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री पुनले महिलाको प्रजनन र सहजरुपमा आमा बन्न पाउने अधिकारलाई सुरक्षित बनाउन नीतिगत पहल गर्ने बताउनुभयो । आयआर्जनमूलक का...
error: Content is protected !!