परराष्ट्रमन्त्री आज चिन जाँदै, चीनसँगका सम्झौता कार्यान्वयन कहाँ पुग्यो?
काठमाडाैँ, ३ वैशाख। उत्तरी छिमेकी चीनले दुईदेशीय रेलमार्ग निर्माणसहित अन्य आर्थिक सहकार्य प्रस्ताव गरेको धेरै समय भए पनि यसले मूर्त रूप पाउन सकेको छैन । विगतमा भएका थुप्रै सम्झौता र समझदारी अलपत्र छन् ।
यही पृष्ठभूमिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली सोमबार चीन भ्रमणमा निस्कँदै छन् । प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालको चीन भ्रमणका क्रममा बेइजिङमा भएको पारवहन सम्झौताको ‘प्रोटोकल’ ले पनि...






























