काठमाडौँ, ५ वैशाख । ‘ए’ लेभलमा अध्ययनरत १७ वर्षीय बेलायती विद्यार्थी डिमिटी टरटिचिनमीले कान्छा सगरमाथा आरोहीको नयाँ कीर्तिमान राख्न र नेपालका विपन्न विद्यार्थीको शिक्षामा सहयोग गर्ने उद्देश्यले बिहीबारदेखि सगरमाथा आरोहण गर्न लागेका छन् ।

Advertisement

युरोपेली मुलुकबाट यति कम उमेरमा सगरमाथा आरोहण गर्नेमध्ये पहिलो हुन लागेका टरटिचिनमीले बिहीबार तिब्बतको ल्हासातर्फबाट सगरमाथा आरोहण थाल्न लाग्नुभएको आज ग्लोबल एक्सन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उहाँसँगै अन्य २० युरोपेली आरोहीको टोली सगरमाथा चढ्न लागेको हो । उहाँका पिता पनि आरोही हुनुहुन्छ ।

बाह्र वर्षको उमेरदेखि आरोहण यात्रा थाल्नुभएका टरटिचिनमीले बेलायतस्थित आफूले पढ्ने चार्टर विद्यालयका करीब ८०० विद्यार्थीबाट संकलन गर्ने करीब रु १३ लाख र अन्य सहयोगबाट नेपालको शिक्षामा सहयोग गर्नुहुनेछ ।

हालसम्म सातवटा हिमाल आरोहण गरिसकेका उहाँले यसअघि अफ्रिकाको पाँच हजार ७२० मिटर अग्लो किलिमञ्जारो आरोहरणमा प्रयास गर्नुभएको थियो । सन् १९७३ मा नेपालका शम्भु तामाङले १७ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर कम उमेरको कीर्तिमान कायम गर्नुभएको थियो भने सन् २०१० मा संयुक्त राज्य अमेरिकाका १३ वर्षीय जोर्डन रोमेरोले सर्वाेच्च शिखरमा पाइला टेक्नुभएको थियो ।

ग्लोबल एक्सन नेपालका राष्ट्रिय निर्देशक बाबुकाजी श्रेष्ठले विद्यार्थी जीवनमा साहस र पवित्र लक्ष्यका साथ आरोहरणमा लागेका टरटिचिनमीले सहयोगले नेपालको शिक्षामा योगदान दिने बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!