मूल्यवृद्धिविरुद्ध नेविसंघको राँके जुलुस
हेटौंडा, ३ असार । नेपाली कांग्रेसआवद्ध नेपाल तरुण दल र नेवि संघले हेटौंडामा मूल्यवृद्धिविरुद्ध राँके जुलुस प्रदर्शन गरेका छन् ।
राँके जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले ठाउँठाउँमा प्रदर्शनकारीमाथि हस्तक्षेप गरेको थियो । मसाल खोस्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच तानातान भएको थियो ।
तरुण दलका जिल्ला अध्यक्ष ईश्वर पाठक, नगर सभापति सुनिल गिरी, नेवि संघ अध्यक्ष राजु खतिवडासहित नेता कार्यकर्ताले...




























