दाङ, १७ असार । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो इलाका भित्र आगामी साउन महिनादेखि कुनै पनि जमीन बाँझो राख्न नपाइने नीति ल्याएको छ।

Advertisement

उक्त उपमहानगरपालिकाका उपप्रमुख मायाँ आचार्यले वर्षमा एक बाली पनि खेती नगर्ने, फलफूल नरोप्ने वा जमीनमा कुनै पनि संरचना नबनाई बाँझो राख्नेलाई निरुत्साहित गर्न सो नीति ल्याइएको बताए ।

उनले भने, “वर्षमा एक बालीसमेत नलगाउने बाँझो जमीन राख्नेलाई अतिरिक्त मालपोत शुल्क लगाइनेछ भने एक वर्षमा लगातार तीन बाली उत्पादन गर्ने कृषकलाई भने करमा छुट दिइनेछ ।”
उपमहानगरपालिकाको सो नीति ल्याएपछि आफू निकै खुशी भएको वडा नं ६ रजौराकी सुशीला भट्टराईले बताए ।

उनले भने, “अब वर्षौंदेखि बाँझो रहेका जग्गा पनि संरक्षण हुने र अनावश्यक रुपमा खेतीयोग्य जमीनमा प्लटिङ गर्नसमेत रोक लाग्नेछ ।”

उक्त उपमहानगरपालिका ३८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ भने यहाँ रहेका धेरै खेतीयोग्य जमीन वर्षौंदेखि बाँझै रहेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!