साढे ३३ किलो सुन तस्करी प्रकरण : छानविन समितिद्वारा काठमाडौँका सुन पसलमा छापा
काठमाडौँ, २९ जेठ । सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलो सुन तस्करी सम्बन्धमा गृह मन्त्रालयअन्तर्गत गठन भएको छानविन समितिले आज काठमाडौँका तीन सुन पसलमा छापा मारेको छ ।
न्यूरोडस्थित राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्सका दुई पसल र दरबारमार्गस्थित आर के डायमन्डमा छापा मारिएको हो ।
सो क्रममा तीनवटै पसलमा रहेको हिरा, सुन, चाँदीलगायत सबै गरगहना छानबिन समितिले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयका सहस...



























