बङलादेश, १५ असार । म्यानमारको सिमानामा खटिएका सुरक्षाकर्मीले बिहीबार रोहिङ्ग्या बालकमाथि गोली प्रहार गरेका छन् ।सुरक्षाकर्मीको गोली लागि दश बर्षीय बालक अन्सार उल्लाह घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

Advertisement

बङ्लादेशसँगको म्यानमारको सिमानामा रहेको निषेधित क्षेत्रमा खेलिरहेका बालकमाथि उनीहरूले गोली प्रहार गरेको बताइएको छ ।
झण्डै सात लाख भन्दा बढी रोहिङ्ग्या मुस्लीम समुदायका नागरिक गत बर्ष म्यानमारबाट लखेटिएका थिए । उनीहरूलाई म्यानमारका सुरक्षाकर्मीले नै जवरजस्त लखेटेका थिए ।

लखेटिएका मध्ये अधिकांश बङ्लादेशमा शरणार्थी जीवन बिताइरहेका छन् भने उनीहरूलाई विभिन्न अन्तर्राष्ट्रिय सहयोग निकायहरूले सहायता प्रदान गरेका छन् ।

“निषेधित क्षेत्रमा केही बालबालिकाहरू खेलिरहेका बेला म्यानमार सिमा सुरक्षा प्रहरीको कार्यालय तर्फबाट अन्सार माथि गोली प्रहार भयो,” स्थानीय सामुदायिक नेता दिल मोहम्मदले भने ।

बालकमाथि अनाहकमा प्रहरीले गोली प्रहार गरेको भन्दै अधिकारवादी संघसंस्थालगायत विभिन्न क्षेत्रबाट विरोध भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!