काठमाडौँ, १५ असार । असार महिना ‘मानो रोपेर मुरी फलाउने’ दिन । अर्थात आज असार १५, धान दिवस । ‘धान उत्पादनमा बृद्धिः राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ ।

Advertisement

यसै दिनको अवसरमा विभागीय मन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ रोपाइँमा सहभागी भएका छन् ।

त्यसक्रममा तिलौराकोटमा उनले सहभागिहरुसँग नाच्दै–गाउँदै धान रोपेका छन् । दबदबे हिलोमा शुक्रबार विहानै सहयोगिका साथ खेतमा विउ बोकेर पुगेका खनालले अरु सहभागि भन्दा छिटोछिटो धान रोपेको देखेर अन्य सहभागिहरु चकित परेका थिए ।

त्यती मात्रै होइन कृषिमन्त्रीको टाउकोमा समेत धानको विउ देखिएको छ । टाउकोमा सेतो फेटाले धानको विउ बाधेका थिए । उनले निधारमा हिलोको टिका समेत लागए ।

खेतमा धानको विउ रोप्नुपर्ने तर मन्त्रीको टाउकोमा धान रापेको देख्दा अचम्मको दृश्य बनेको छ ।

धान दिवसकै दिन अनौठा हर्कत गरेका कारण यसअघिका केही कृषिमन्त्री समेत विवादित भएका थिए । २०७३ सालको धान दिवसमा गमलामा धानको बीउ रोपेर तत्कालीन कृषिमन्त्री हरिबोल गजुरेल र खेतमा गलत व्यवहार देखाएको भन्दै तत्कालीन कृषिमन्त्री हरिप्रसाद पराजुलीको समेत आलोचना भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!