तीनसातापछि शव आउँदा सिंगो गाउँ शोकमा
फलेवास, पर्वत, ५ असार । साथीहरुको कुटाइबाट मलेसियामा ज्यान गुमाएका पर्वतका युवा किशोर केसी (नसिब) को शव तीन हप्तापछि नेपाल ल्याइएको छ ।
पर्वतको मोदी गाउँपालिका–५, बाजुङ धमिलपानी गाउँका मृतक केसीको शव सोमबार बिहान घरमा आएको हो । गत जेठ १५ गते साथीहरुले कुटेरै केसीको हत्या गरेका थिए ।
मृतक केसीको सोमबार बिहान मोदीखोलामा दाहसंस्कार गरिएको छ । बाबु भीमबहादुर केसीले कान्छा छोरा नसिबको शवमा दागबत्ती...






























