काठमाडौँ, १५ असार । गुल्मीमा एकैदिन ३ वटा बेवारिसे शव फेला परेको छ । शुक्रबार जिल्लाका विभिन्न स्थानमा २ महिलासहित ३ जनाको शव फेला परेको हो ।
जिल्लाको मुसिकोट नगरपालिका ८ वामी काँडेबासमा अन्दाजी ५० वर्षीय महिलाको शव फेला परेको छ भने कालिगण्डकी गाउँपालिका ४ स्थित कालिगण्डकी नदी किनारमा टाउको छिनेको अवस्थामा अर्की एक महिलाको शव फेला परेको छ ।
त्यस्तै चन्द्रकोट गाउँपालिका शान्तिपुर बजारमा ४७ वर्षीय विष्णु पौडेलको शव बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । अहिले ३ वटै शवको जिल्ला अस्पताल तम्घासमा पोष्टमार्टम भैरहेको जिल्ला प्रहरी कार्यालय तम्घासले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।