काठमाडौं, १६ असार । आमरण अनसन बस्न जुम्ला पुगेका डा. गोविन्द केसी पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले शनिबार दिउँसो डा. केसीलाई पक्राउ गरेको हो ।

Advertisement

उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक ल्याउनु पर्ने लगायतका राख्दै डा. केसीले १५ असारदेखि आमरण अनसन बस्ने बताएका थिए । कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न भन्दै उनी जुम्ला पुगेका थिए ।

तर, स्थानीय प्रशासनले शुक्रबार मात्र प्रतिष्ठान र असपासका २०० मिटर लाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

डा. केसीले भने प्रतिष्ठानमै अनसन बस्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!