ललितपुर, १५ असार । साझा यातायातले काठमाडौँ उपत्यका र उपत्यका बाहिर चल्ने गरी नयाँ २४ वटा बस थप गर्ने भएको छ ।

Advertisement

तीमध्ये चारवटा डिलक्स र २० वटा सिटी बस रहेको साझा यातायातका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए ।

“केही महिना पहिले बस खरिदका लागि ठेक्का सम्झौता भएको थियो, तीमध्ये चारवटा बस एक साताभित्रै काठमाडौँ आइपुग्नेछ,” उनले भने, “ बस आइसकेपछि यसको सञ्चालन प्रक्रिया अघि बढाइनेछ ।”

बाँकी २० वटा बस पनि केही समयमै उपत्यका भित्रनेछन्, कामु कार्यकारी अधिकृत पाण्डेले जानकारी दिए ।

अहिले काठमाडौँ उपत्यका र उपत्यका बाहिर साझा यातायातको माग बढिरहेको छ । “हामीले माग भएका सबै ठाउँमा बस सञ्चालन गर्न सकेका छैनौँ,” उनले भने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!