रौतहट, १५ असार । रौतहटमा बिहीबार राति प्रहरी र हतियारधारी आपराधिक समूहवीच दोहोरो भिडन्त हुँदा एक जनाको मृत्यु भएको छ ।

रौतहटको राजदेवी नगरपालिकास्थित सीमा क्षेत्रमा हतियारसहित आपराधिक समूह नेपाल प्रवेश गरेको सूचना पछि पक्राउ गर्न गएका सुरक्षाकर्मी माथि गोली प्रहार गरेपछि दोहोरो भिडन्त भएको हो ।

Advertisement

मृतकको सनाखत हुन सकेको छैन । घटनास्थलबाट प्रहरीले अत्याधुनिक हतियार एसएमजी र गोली बरामद गरेको छ ।

राजदेवी नगरपालिकास्थित मुडवल्वा टोलको बाग्मती नदी तटबन्धमा हतियाधारी समूह पक्राउ गर्न केन्द्रिय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी र इलाका प्रहरीका डीएसपी शान्तिराज कोइरालासहितको टोली एम्बुस थापेर बसेको थियो ।

वनटेस्ट मोटरसाइकलमा आएका समूहलाई रोक्ने प्रयास गर्दा गोली प्रहार गरे पछि दोहोरो भिडन्त भएको हो ।

भिडन्तमा एकजनाको खुट्टा र पिठ्यूमा गोली लागेको थियो । २ जना भारततर्फ भागेको प्रहरीले जनायो । गोली लागेर घाइतेको उपचारका लागि जिल्ला अस्पताल गौर ल्याइदै गर्दा बाटोमै मृत्यु भएको हो ।

घट्नास्थलबाट एकथान एसएमजी र गोलीहरु बरामद गरिएको डीएसपी कोइरालाले बताए । ‘सुरुमा पक्रने प्रयास गरेको हौ,’ उनले भने, ‘आपराधिक समुहबाट लगातार फायरिङ गर्न थाले पछि जवाफी कारबाहीमा एक जनाको मृत्यु भयो ।’

मृतकको पहिचान खुलेको छैन । घट्नास्थलमा राति ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सीमाक्षेत्र नजिक भिडन्त भएकोले उक्त समूह पारि भागेको हो ।

खुला सिमाका कारण आपराधिक काममा संलग्नहरु सहजै नेपाल–भारत वारपार गर्न सक्छन् । श्रोतका अनुसार हतियार बिक्रि गर्न उक्त समुह नेपाल आउँदा भिडन्तमा परेकाे हाे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!