काठमाडौँ, १५ असार । स्याङजाको हरिनाश गाउँपालिकामा अन्तिम संस्कार गरिसकेको बालकलाई पुर्नजीवित गराउने भन्दै शव उत्खनन् गर्ने तीन महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

स्थानीय रिता विकको बालकलाई पुर्नजीर्वित गराउन सक्ने भन्दै गाडेको खाडलबाट जबर्जस्ती निकाल्न लगाएको आरोपमा हरिनाश गाउंपालिका चाङसिङ बस्ने गंगा थापा, सचिना परियार र कृष्णमाया थापालाई प्रहरीले पक्राउ गरेको हो ।

मृत्यु भईसकेको बालकको शवलाई खाल्डोमा पुरिएको तर २ घण्टापछि बालकलाई पुनः बचाउन सकिने भन्दै शव उत्खनन् गर्न लगाइएको थियो ।

विक परीवारको जाहेरीको आधारमा उनीहरुलाई तनहँुबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

पक्राउ परेकाहरुलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरु क्रिष्चियन धर्म प्रचारक रहेको प्रहरीले जनाएको छ ।

धर्मको गलत प्रचारका लागि उनीहरुले मृतक बालकको शवलाई उत्खनन् गर्न लगाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!