अर्घाखाँची-१ बाट प्रदेशसभामा पाण्डेको नाम सिफारिस

अर्घाखाँची-१ बाट प्रदेशसभामा पाण्डेको नाम सिफारिस

अर्घाखाँची, २५ असोज । शिवदेव पाण्डे अर्घाखाँची-१ बाट प्रदेशसभाका लागि काँग्रेसबाट समानुपातिक उम्मेद्वार सिफारिस भएका छन् । उनी जिल्लाको छत्रदेव गाउँपालिकाका निवासी हुन् ।काग्रेसका यूवा नेता उनी समाजसेवी पनि हुन् । केही महिना अगाडि उनले १२ केजी तौल शिक्षक कृष्णप्रसाद पौडेललाई काठमाडौं ल्याइ सरकारबाट राहत दिलाउन भूमिका खेलेका थिए ।
गठबन्धनमा मुख्यमन्त्रीको बाँडफाँड कस्तो हुँदैछ ?

गठबन्धनमा मुख्यमन्त्रीको बाँडफाँड कस्तो हुँदैछ ?

काठमाडौँ, २५ असोज । प्रदेश र केन्द्रको चुनावमा ६० र ४० को अनुपातमा उम्मेद्वारी दिने सहमति गरेका बामगठबन्धनबीच कुन प्रदेशमा कसले मुख्यमन्त्री बनाउने भन्ने विषयमा पनि संवाद शुरु भएको छ । अहिलेसम्म एमालेले चार र माओवादीले तीन प्रदेशमा मुख्यमन्त्री लिने गरी छलफल भैरहेको स्रोतको भनाई छ । स्रोतका अनुसार १, ३, ४ र ७ प्रदेशमा एमालेले मुख्यमन्त्री र २, ५ र ६ मा माओवादीले मुख्यमन्त्री पाउने गरी छलफल भएक...
माओवादी मन्त्रीलाई बर्खास्त गर्ने देउवाको तयारी

माओवादी मन्त्रीलाई बर्खास्त गर्ने देउवाको तयारी

काठमाडौं,२४ असोज । आफ्नो सरकारले स्पष्ट बहुमत पाएलगत्तै प्रधानमन्त्री शेरवबदुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारीमा जुटेका छन्। प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धनका पार्टीका शीर्ष नेताहरुसँग 'वान टु वान' वार्ता र कानुन व्यावसायीसँग पनि छलफल गरेर माओवादी मन्त्रीहरुलाई बर्खास्तको तयारीमा गरेका हुन्। ‘बहुमतका लागि २ सय ९७ मत सुरक्षित भएलगत्तै प्रधानमन्त्रीज्...
धनकुटाबाट एमालेका २९ उम्मेद्वार सिफारिस (नामावलीसहित)

धनकुटाबाट एमालेका २९ उम्मेद्वार सिफारिस (नामावलीसहित)

धनकुटा, २४ असोज । आगामी मंसिर २१ गते हुँने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले धनकुटाले २९ जना उम्मेद्वारको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष तर्फ ५ जना र समानुपातिक तर्फ २४ जनाको नाम प्रदेश संगठन कमिटिमा सिफारिस गरिएको एमाले धनकुटाले जनाएको छ । प्रतिनिधिसभामा ८ र प्रदेशसभामा २१ जना उम्मेद्वारको नाम सिफारिस गरिएको एमाले प्रचार बिभाग प्रमुख नैन ...
एमालेका सबै शीर्ष नेता प्रत्यक्ष उम्मेदवार बन्ने

एमालेका सबै शीर्ष नेता प्रत्यक्ष उम्मेदवार बन्ने

काठमाडौं,२४ असोज । वामपन्थी गठबन्धनको नेतृत्व गरेको नेकपा एमालेले आफ्ना सबै शीर्षनेताहरुलाई प्रत्यक्ष चुनावी मैदानमा उतार्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीसहित मूल नेतृत्व प्रत्यक्ष उम्मेदवार बन्ने निर्णय गरेको हो । बैठकमा सबै शीर्षनेताहरु प्रत्यक्ष उम्मेदवार बन्दा देशभरिको समन्वय गर्ने नेता नहुने र सबै क्षेत्रमा ...
राणाको निधनमा शोक प्रस्ताव पारित

राणाको निधनमा शोक प्रस्ताव पारित

काठमाडौँ,२४ असोज । व्यवस्थापिका– संसद्को आजको बैठकले नेपाली काँग्रेसका तर्फबाट विसं २०५० मा तत्कालीन राष्ट्रिय सभाका सदस्य जगदीशचन्द्रशम्शेर जबराको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । लोकतान्त्रिक आन्दोलनका सक्रिय योद्धा तथा मदन पुरस्कार विजेता राणाको भारतको चण्डीगढमा उपचारका क्रममा ८८ वर्षका उमेरमा सोमबार निधन भएको थियो । सभामुख ओनसरी घर्तीले सदनमा शोक प्रस्ताव प्रस्तुत गर्नुभएको...
चुनाव सार्ने सरकारी तयारीप्रति एमाले बोल्यो

चुनाव सार्ने सरकारी तयारीप्रति एमाले बोल्यो

काठमाडौं,२४ असोज । सरकारले आगामी  मंसिर १० र २१ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सार्ने तयारी गरिरहेको भनिएको बेला नेकपा एमालेले  तोकिएकै  मितिमा चुनाव हुनुपर्नेमा जोड  दिएको छ । एमालेको  मंगलबार बसेको स्थायी समिति बैठकले  निर्वाचन सारिए लोकतन्त्रमाथि खतरा हुने निष्कर्ष निकालेको हो ।  ‘निर्वाचन सार्नु भनेको लोकतन्त्रमाथिनै खतरा हो । सरकारमा रहेका मन्त्रीहरु फिर्ता पठाइन खोजिनु  आचारसंहित...
प्रधानमन्त्री पत्नी धनगढीबाट उम्मेदवार बन्ने चर्चा, कैलाली कांग्रेसमा हलचल

प्रधानमन्त्री पत्नी धनगढीबाट उम्मेदवार बन्ने चर्चा, कैलाली कांग्रेसमा हलचल

कैलाली,२४ असोज । प्रधानमन्त्री पत्नी तथा कांगेस नेतृ डा. आरजु राणा देउवा कैलाली क्षेत्र नम्बर ५ अर्थात धनगढीबाट प्रतिनिधि सभाको चुनाव लड्ने चर्चा चलेपछि कैलाली कांग्रेसमा भूकम्प गएको छ । कांग्रेसका लागि बलियो आधार मानिएको धनगढीमा प्रधानमन्त्री पत्नी राणाले आँखा गाडेपछि यहाँका नेताहरु आफूले टिकट नपाउने भन्दै असन्तुष्ट बनेका हुन् । स्थानीय स्तरमा एकसे एक क्षमतावान नेताहरु हुँदाहुँदै शक्तिकै भरमा...
सरकार पुर्नगठन र चुनाव सार्ने काम अमान्य : रावल

सरकार पुर्नगठन र चुनाव सार्ने काम अमान्य : रावल

धनगढी, २४ असोज । नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले चुनावको मुखमा सरकार पुनर्गठन गरी चुनाव सार्ने काम भएमा आफूहरुलाई मान्य नहुने बताउनुभएको छ । एमाले प्रदेश नं ७ को निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एमाले ७ नं प्रदेशका सयोजक समेत रावलले वाम एकताको आलोचना गर्नुभन्दा अन्य दलसँग गठबन्धन बनाएर अगाडि बढ्न काँग्रेसलगायत दललाई सल्लाह दिनुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचन...
वामपन्थी दलबीचको एकता सकारात्मक : थापा

वामपन्थी दलबीचको एकता सकारात्मक : थापा

विराटनगर, २४ असोज ।  राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान सरकारको स्थायित्व र सुनिश्चितताका लागि आफ्नो पार्टीले समर्थन गरेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ‘नेकपा(माओवादी केन्द्र)ले विपक्षी दल नेकपा(एमाले)सँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने निर्णय गरेपछि वर्तमान सरकार अल्पमतमा पर्न सक्ने, मुलुकमा अस्थिरता उत्पन्न हुन सक्ने र निर्वाचन धरापमा पर्न सक्न...
प्रजातन्त्र बलियो भएमात्र मुलुक समृद्ध बन्छ :सिंह

प्रजातन्त्र बलियो भएमात्र मुलुक समृद्ध बन्छ :सिंह

काठमाडौँ, २४ असोज । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्र बलियो भएमात्र मुलुक समृद्ध हुने बताउनुभएको छ । गैरआवसीय नेपाली संघ (एनआरएन)को अन्तरराष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज आफ्नै निवास ठमेलस्थित चाक्सीबारीमा आयोजित चियापानमा नेता सिंहले प्रजातन्त्र बलियो बनाउन एनआरएनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको हो । “नेपालको राष्ट्रिय राजनीति चुनावी माहोलमा होमिए...
माओवादी मन्त्री हटाए समर्थन फिर्ता लिने फोरमको चेतावनी

माओवादी मन्त्री हटाए समर्थन फिर्ता लिने फोरमको चेतावनी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुनर्गठनका लागि संघीय समाजवादी फोरम बाधक रहेको बताएका छन् । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारसँगको छलफलमा देउवाले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट माओवादी मन्त्री हटाए आफ्नो पार्टीले समर्थन फिर्ता लिने चेतावनी दिएको गुनासो गरेको हुन् । यादवको भनाइ उद्धृत गर्दै देउ...
सरकारलाई कमल थापासहित १९ साँसदको समर्थन

सरकारलाई कमल थापासहित १९ साँसदको समर्थन

काठमाडौ,२३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित १९ जना साँसदले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन जनाएको छ । अध्यक्ष थापासहित १९ जना साँसदले सोमबार संसद सचिवालयमा सरकारलाई समर्थन जनाएको पत्र दर्ता गराएका हुन ।‘मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको पृष्ठभूमिमा प्रतिनिधिसभा तथा प्रदेशसभाको आगामी चुनाव सुनिश्चित गर्न राप्रपाले बर्तमान सरकारलाई समर्थन...
सिट संख्या टुङ्ग्याउन ओलीलाई भेट्दै भट्टराई

सिट संख्या टुङ्ग्याउन ओलीलाई भेट्दै भट्टराई

काठमाडौं,२३ असोज । नयाँशक्तिले पाउने सिटका सम्बन्धमा छलफल आज नयाँशक्तिका संयोजक बाबुराम भट्टराई र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट हुने भएको छ। एमाले माओवादी केन्द्र र नयाँशक्तिबीच चुनावी तालमेल र एकताको घोषणा भएको हप्ता दिन बितिसक्दा पनि नयाँशक्तिले पाउने सिट संख्या तय नगरिँदा नयाँशक्ति असन्तुष्ट छ। तीन दलबीच १७ असोजमा चुनावी तालमेल र पार्टी एकताको निर्णय हुँदा एमाले र माओवादी केन्द्रबीच ६...
क्रम भंगता गर्न नयाँ इतिहास तय भएको छ : प्रचण्ड

क्रम भंगता गर्न नयाँ इतिहास तय भएको छ : प्रचण्ड

काठमाडौं,२३ असोज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले, माओवादी र नयाँ शक्तिबीच नयाँ गठबन्धन बन्नु क्रमभंगता भएको बताएका छन् । अध्यक्ष प्रचण्डले नेपालमा वामशक्तिहरुको धु्रविकरणसँगै नेपालमा कम्युनिष्ट केन्द्रको निर्माण गर्ने अभियान सुरु भएको पनि बताए । पार्टीको भातृ संगठन वाईसिएलको स्कुलिङ कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने ‘प्रकृतिमा होस् या योजनामा,...
भागबण्डा मिलाउन सकस : दुवै गठबन्धनको आज बैठक बस्दै

भागबण्डा मिलाउन सकस : दुवै गठबन्धनको आज बैठक बस्दै

काठमाडौँ।  संघ र प्रदेशको निर्वाचन मिति नजिकिएसँगै गठबन्धन बनाएर अघि बढेका प्रमुख राजनीतिक दलहरु गठबन्धनभित्र सिट संख्या बाँडफाँडको अन्तिम गृहकार्यमा जुटेका छन् । सिट र क्षेत्र बाँड्न कार्यदल बनाएर अघि बढेका दलहरुमा कार्यदलस्तरमा सहमति नजुटेपछि शीर्ष नेताहरु नै त्यसको गृहकार्यमा लागेका हुन् । बाम र लोकतान्त्रिक गरी दुई खेमामा बाँडिएका दलहरुभित्र आपसमा सिट संख्याबारे कुरो नमिलेपछि उनिहरुलाई समया...
सरकार ढाल्ने पक्षमा हैन, कांग्रेसले भनेमा सरकार छोड्न तयार छौ : दाहाल

सरकार ढाल्ने पक्षमा हैन, कांग्रेसले भनेमा सरकार छोड्न तयार छौ : दाहाल

काठमाडौं, २१ असोज। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी एकता इतिहास र राष्ट्रिय दायित्व पूरा गर्नका लागि भएको बताए । उनले भने, ‘वाम गठबन्धन, पार्टी एकता फरक विषय हो । सरकार संविधान कार्यान्वयन गराउने लक्ष्यका साथ गठन भएको हो । यसको ध्...
संघीय समाजवादी फोरम कांग्रेस नेतृत्वको गठबन्धनमा नबस्ने

संघीय समाजवादी फोरम कांग्रेस नेतृत्वको गठबन्धनमा नबस्ने

काठमाडौं, २० असोज। सत्तारुढ दल नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेससँग तालमेल खुला रहे पनि कांग्रेस नेतृत्वको गठबन्धनमा भने संघीय फोरमको संलग्नता नरहने भएको हो । कांग्रेससँग मात्रै नभई एमाले नेतृत्वको गठबन्धनभन्दा बाहिर बसेर निर्वाचनको मैदानमा उत्रने फोरमले औपचारिक निर्णय लि...
राजनीतिक ध्रुवीकरणको असरः रोकियो मोदी र सिरिसेनाको नेपाल भ्रमण

राजनीतिक ध्रुवीकरणको असरः रोकियो मोदी र सिरिसेनाको नेपाल भ्रमण

काठमाडौं, २० असोज। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेनाको यही महिना अन्तिमका लागि प्रस्तावित नेपाल भ्रमण रोकिएको छ। नेपालमा ‘अप्रत्याशित' रूपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण भएपछि उत्पन्न परिस्थितिका कारण यी दुई उच्चस्तरीय भ्रमण तत्कालका लागि नहुने भएका हुन्। एमाले र माओवादी केन्द्रबीच निर्वाचनमा तालमेल र पार्टी एकता गर्ने घोषणासँगै शेरबह...
५५ वर्षपछि एमाले-माओवादी सगोलमा, यस्तो छ टुट-फुटको श्रृंखला

५५ वर्षपछि एमाले-माओवादी सगोलमा, यस्तो छ टुट-फुटको श्रृंखला

काठमाडौं, १९ असोज। जुट्नभन्दा बढी फुट्न जानेका वामपन्थीमध्ये ठूला दलले एउटै कम्युनिस्ट केन्द्रका लागि गरेको संकल्पले राजनीति ध्रुवीकरणको दिशामा जान थालेको छ। अहिलेलाई निर्वाचनमा तालमेल र निर्वाचनलगत्तै पार्टी एकता गर्ने सैद्धान्तिक सहमति एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले भनेजस्तै पूरा होला त ? आशंका उब्जिएको छ। नेपालका कम्युनिस्ट पार्टीहरूमा जुटभन्दा फुटको इतिहास बढी छ। सैद्धान्तिक–राजनीतिक व...
वाम तालमेलपछि सरकारको भविष्यबारे यस्ता छन् अड्कलबाजी

वाम तालमेलपछि सरकारको भविष्यबारे यस्ता छन् अड्कलबाजी

काठमाडौं । सत्ताको प्रमुख सहयोगी माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेलदेखि पार्टी एकता गर्नेसम्मको सहमति गरेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्यबारे विभिन्न अड्कलबाजी हुन थालेका छन् । तर, अहिलेको संसद्को आयु एक महिनाभन्दा कम भएको, केन्द्र र प्रदेश सभा निर्वाचनका लागि समय थोरै भएको तथा संसद्मा बहुमत पुर्‍याउन पनि एमाले, माओवादीलाई सहज नभएकाले तत्काल सरकार फेरिने सम्भावना भने कम देखिन्छ...
एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेल, एउटै कम्युनिष्ट पार्टी बनाउने सहमति

एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेल, एउटै कम्युनिष्ट पार्टी बनाउने सहमति

काठमाडौं, १७ असोज।  नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र लगतै एउटै कम्युनिष्ट पार्टी बनाउनेसहित ६ बुँदे सहमति भएको छ । सहमतिकर्ता दलका नेताहरुले यो सहमतिलाई ऐतिहासिक भनेका छन् । सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ...
यी हुन सात वटै प्रदेशमा प्रमुख दलबाट मुख्यमन्त्रीका दाबेदार

यी हुन सात वटै प्रदेशमा प्रमुख दलबाट मुख्यमन्त्रीका दाबेदार

प्रतिनिधिसभासँगै प्रदेशको निर्वाचन नजिकिएपछि मुख्यमन्त्रीका दाबेदार पनि प्रकट हुन थालेका छन ।  कांग्रेस प्रदेश नं १ अशोक कोइराला, बलबहादुर केसी, तारामान गुरुङ, मीन विश्वकर्मा, गुरुराज घिमिरे, विश्वप्रकाश शर्मा, डा. डिला संग्रौला, भीष्मराज आङदेम्बे, अमृत अर्याल प्रदेश नं २ चित्रलेखा यादव, पद्मनारायण चौधरी, आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादव, फरमुल्लाह मन्सुर, राधेचन्द्र यादव...
भूमिका सन्तोषजनक नभएपछि दुई मन्त्री फिर्ता बोलाउने तयारीमा गच्छदार

भूमिका सन्तोषजनक नभएपछि दुई मन्त्री फिर्ता बोलाउने तयारीमा गच्छदार

काठमाडौं, १० असोज। लोकतान्त्रिक फोरमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देव र भूमिसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितलाई सरकारबाट फिर्ता बोलाउने भएको छ । कार्यसम्पादन समिति बैठकमा मन्त्रीद्वयले गरेको भूमिका सन्तोषजनक नभएको आवाज उठेपछि पार्टीले उनीहरुलाई दशैंलगत्तै फिर्ता बोलाउने तयारी गरेको छ । बैठकमा अधिकांश नेताहरुले मन्त्री हेरफेर गर्न माग गरेका थिए । त्यसपछि उपप्रध...
१३१ तहको मतपरिणाम सार्वजनिक, कहाँ को बिजयी ? (सूचिसहित)

१३१ तहको मतपरिणाम सार्वजनिक, कहाँ को बिजयी ? (सूचिसहित)

काठमाडौं। प्रदेश नं २ मा सोमबार बिहान नौ बजेसम्म १३१ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। नेपाली काँग्रेसले सर्वाधिक ३८ तह जितेर आफूलाई शिर्ष स्थानमा राखेको छ भने १ स्थानमा आग्रता लिएको छ। काँग्रेसले धनुषाको सबैला नगरपालिकाको मेयर पद जितेको छ । मेयरका उम्मेदवार विजय शंकर साह विजयी भएका छन्। उपमेयरमा भने नेकपा माओवादी केन्द्रकी निलुदेवी कापर विजयी भएकी छिन्। दोस्रो स्थानमा रहेको संघीय समाजवाद...
कार्यकाल सकिन लागेका वेला झुक्याएर राज्यकोषबाट सुविधा लिने सांसदको दाउ असफल

कार्यकाल सकिन लागेका वेला झुक्याएर राज्यकोषबाट सुविधा लिने सांसदको दाउ असफल

काठमाडौं । आफ्नो कार्यकाल सकिन लागेका बेला ‘चलाखीपूर्ण’ रूपमा राज्यकोषबाट सुविधा लिने सांसदहरूको प्रयास असफल भएको छ ।पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयकमा पूर्वसांसदलाई पनि राखेर चलाखीपूर्ण रूपमा राज्यकोषबाट सुविधा लिन सांसदहरूले गरेको प्रस्तावलाई सरकारले अस्वीकार गरेपछि उक्त विधेयकको भविष्य नै संकटमा परेको छ । सरकारले पूर्व सम्माननीयहरू (पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्र...
६० जनासम्म मन्त्री बनाउन मिल्छः देउवा

६० जनासम्म मन्त्री बनाउन मिल्छः देउवा

न्यूयोर्क, ६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले जम्बो मन्त्रीमण्डल संविधानसम्मत भएको भन्दै आफ्नो बचाउ गरेका छन् । संसदको कुल संख्याको १० प्रतिशत सदस्यलाई मन्त्री बनाउन मिल्ने भन्दै उनले भनेका छन्, ६० जनालाई मन्त्री बनाउन मिल्छ । तर, अहिले त्यो सीमा भन्दा कम नै मन्त्री बनाएको छु ।’ न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका विद्यार्थीहरुसँग भएको अन्तरक्रियामा जम्बो मन्त्रिमण्डलबारे सोधिएको प्रश्...
२ नम्बर प्रदेश निर्वाचन अपडेट : समग्रमा कांग्रेस अगाडि, कुन पार्टीको कहाँ अग्रता ?

२ नम्बर प्रदेश निर्वाचन अपडेट : समग्रमा कांग्रेस अगाडि, कुन पार्टीको कहाँ अग्रता ?

काठमाडौं, ४ असोज । प्रदेश नम्बर २ का स्थानीय तहका मत गणना जारी रहेको छ । १३६ स्थानीय तहमा भएको निर्वाचनको सबै नतिजा शनिबारसम्म सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ । हालसम्म ८२ स्थानीय तहको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसको सुरुआती अग्रता कायम रहे पनि अन्तर घट्दै गएको देखिन्छ। कांग्रेसले सबैभन्दा बढी २४ स्थानका मेयर र अध्य...
प्रदेश २ को निर्वाचन अपडेट : कहाँ कसको अग्रता, को विजयी ?

प्रदेश २ को निर्वाचन अपडेट : कहाँ कसको अग्रता, को विजयी ?

धनुषाको हंसपुर नगरपालिका वडा नम्बर २ को अध्यक्षमा राजपाका उदय साह ४०७ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जय नारायण कापरीले ४०२ मत प्राप्त गरेका छन् । सिरहा, मिर्चैया नगरपालिका मतगणना अपडेट माओवादी केन्द्र : ७३०/ ७१९ एमाले : ४१०/४२० नेपाली कांग्रेस : २२६/२५६ वीरगञ्ज महानगरपालिकामा १०० मत गणना हुदा प्रमुख उपप्रमुख  राजपा ८१ /२७ कांग्रेस ४०/४...
नतिजाको पर्खाइ : ६ हजार ६२७ को भविष्य बाकसमा कैद

नतिजाको पर्खाइ : ६ हजार ६२७ को भविष्य बाकसमा कैद

काठमा, २ असोज । तेस्रो चरणको स्थानीय तह निर्वाचनको समयसीमा साँझ ५ बजेसँगै सकिएको छ । निर्वाचन आयोगले बिहान सात बजेदेखि बेलुका ५ बजेसम्मको समयसीमा सकिएपनि मतदानका लागि लाइनमा बसेका मतदाताले भने अवेरसम्म पनि मतदान गर्न पाउने जनाएको छ । तेस्रो चरणमा भएको असोज २ को मतदान सम्पन्न भएसँगै संविधान कार्यन्वयनको पहिलो खुड्किलो पनि पार भएको छ । त्यतिमात्र हैन, जनताले २० बर्ष पछि स्थानीय जनप्रतिनिधि छान्ने...
सप्तरी, तिलाठीमा निर्वाचन अवरुद्ध

सप्तरी, तिलाठीमा निर्वाचन अवरुद्ध

राजविराज, २ असोज । निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्र खसेको पुष्टि भएपछि उत्पन्न भएको विवादका कारण सप्तरीको तिलाठी कोइलारी गाउँपालिका वडा नं. १ को राष्ट्रिय प्राथमिक विद्यालय तिलाठी मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ। मुख्य निर्वाचन अधिकृतले हस्ताक्षर नगरेका चार वटा मतपत्रको भविष्य के हुने भन्ने विषय निरुपण हुन नसक्दा २:३० बजेदेखि मतदान अवरुद्ध भएको हो। 'म दश वटा मतपत्रमा हस्ताक्षर गरे...
error: Content is protected !!