काठमाडौं, २३ मंसिर । सुनसरी जिल्लाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार प्रदेश १ मा नकपा एमालेका जयकुमार राईको ९ हजार ४ सय २४ मत छ, भने फोरम नेपालका असोक राइले ४ हजार ४ सय ८७ मत प्राप्त गरेका छन् ।

Advertisement

त्यस्तै क्षेत्र नम्बर २ मा नेपाली काग्रेसका सिताराम मेहताको ४ हजार ८ सय ५९ मत छ, भने माओवादी केन्द्रका डम्बर सुवेदीको ३ हजार ९ सय ९६ पाएका छन् ।

क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीको ६ हजार ८ सय ३० मत छ, भने नेपाली काग्रेसका विजयकमार गच्छेदारको ५ हजार १ सय ५७ रहेको छ ।

क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादर कार्की ८ हजार ६ सय ५६ मत छ, भने नेकपा एमालेका रमेश श्रेष्ठले ६ हजार ४ सय ९७ मत प्राप्त गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!