म्याग्दी, २३ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विजयी भएपछि वाम गठबन्धनका उम्मेद्वारहरुले जनतासँग गरेको बाचा पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । मुख्य निर्वाचन कार्यालय प्रमुखबाट निर्वाचित प्रमाणपत्र लिदै वामठवन्धनका उम्मेद्वारहरुले यस्तो बताएका हुन् ।

Advertisement

जितसँगै मतदातालाई धन्यबाद दिदै प्रतिनिधिसभाका विजयी उम्मेद्वार भुपेन्द्र थापाले  जिल्ला र मुलुकलाई समृद्धिको अभियानमा लाग्ने बताए ।
बामगठबन्धनलेसमृद्ध मुलुकको  नेतृत्व लिएको हुदाँ जिल्लामा भएका स्रोतसाधनलाई परिचालन गरि अघि बढ्ने बताए ।

त्यस्तै प्रदेशसभा क्षेत्र क विजयी उम्मेद्वार विनोद केसीले विजयी गराउने शुभचिन्तक मतदातालाई धन्यवाद दिदै जनतासंग राखेको एजेण्डा पुरा गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । उनले जिल्लालाई समृद्ध र रोजगारको वातावरण सिर्जना गर्न  यहाँ भएका कृषि, पर्यटन, जलस्रोत खनीज जस्ता प्रमुख स्रोतलाई प्रयोग गर्दै स्थायी नीतिनिर्माण  लाग्ने बताए ।

मुलकको परिर्वतनका लागि जनयुद्धमा सहादत प्राप्त गरेको शहिदहरुको प्रतिनिधिको रुपमा प्रदेशमा काम गर्ने प्रतिवद्धता राखे ।

त्यस्तै प्रदेशसभा क्षेत्र ख विजयी हुनुभएकी उम्मेद्वार नरदेवी पुनले  देशको राजनीति स्थिरता कायम गर्दै प्रदेशका जनतालाई समृद्धिको बाटोमा अघि बढाउन विगतका अनुभवलाई प्रयोग गर्दै विकासको गतिलाई तिव्रता दिने बताइन् । जिल्लाका जनतासंग राखेका एजेण्डालाई पुरा गर्ने र  महिलाहरुको समस्यालाई  समाधानमा प्राथमिकता स्वरोजगारको वाताबरण सिर्जना गर्न लाग्ने प्रतिवद्धता राखे ।

प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित भएलगत्तै वामगठबन्धनका नेता, कार्यकता, समर्थक र शुभेच्छुकहरुले सदरमुकाम बेनीबजारमा खुशीयाली ¥याली गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!