गोरखा, २३ मंसिर । गोरखा निर्वाचन क्षेत्र नं २ को मतगणना अन्तिम चरणमा पुगेको छ । खसेको मतमध्ये ७ हजार ३ सय मत गन्न बाँकी रहँदा नयाँ शक्तिका डा. बाबुराम भटराई जितको नजिक पुगेका छन् ।

Advertisement

उनले २७ हजार २२३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नारायणकाजी श्रेष्ठले २२ हजार ३२३ मत ल्याएका छन् ।

श्रेष्ठ र भटराइको मतान्तर ४ हजार नौसयको फरक छ । अन्तिम नतिजा आजै सार्वजनिक गर्ने तयारी गरिएको गोरखा जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।

यसैवीच काठमाडौमा रहेका डा. बाबुराम भटराई जित नजिक पुगेपछि गोरखातर्फ लागेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!