रसुवा, २३ मंसिर । रसुवामा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा लोकतान्त्रिक गठबन्धन विजयी भएसँगै विजय जुलुस सुरु भएको छ। जिल्लामा प्रतिनिधि सभा तथा दुई प्रदेश सभामा जित हात पारेसँगै बाजागाजा सहित बिजय उत्सब मनाउन सुरु गरेका हुन्।

Advertisement

विजयोउत्सव मनाइरहँदा वाम गठबन्धनका उम्मेदवारले बिजयी लोकतान्त्रिक गठबन्धनका उम्मेदारलाई भेटेर बधाई  दिई आगामी कार्य सफलताको शुभकामना दिएका छन्।

प्रतिनिधिसभा तर्फ लोकतान्त्रिक गठबन्धन नेपाली काग्रेसबाट उम्मेदवारी दिएका मोहन आचार्य, प्रदेश सभा क बाट उम्मेदवारी दिएका नेपाली काग्रेसका प्रभात लामा र प्रदेश सभा सदस्य ख बाट उम्मेदवारी दिएका नयाँ शक्ति पार्टिका प्रेम तामाङ बिजयी भएका हुन्।

शनिबार बिहान ३ बजे सबै मत गणना गरिसक्दा तिनै जना लोकतान्त्रिक गठबन्धनबाट बिजयी भएका छन्।  करिब ५ सयदेखि हजारसम्मको मतअन्तरले जित्ने दाबी गर्दै आएको भएपनि अन्तिम नतिजा अनुसार १३ सयदेखि ४ हजार मतको अन्तरमा विजयी भएका छन्।

प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका मोहन आचार्यले प्रतिद्वन्द्वी जनार्दन ढकाललाई चार हजार एक सय ७५ मतले पराजित गरेका हुन्।

आचार्यको १४ हजार चार सय ५३ मत र ढकालको १० हजार दुई सय ७८ मत आएको छ। प्रदेशसभा क तर्फ पनि नेकपा एमालेका कर्णेल लामालाई एक हजार ८ सय २४ मतले पराजित गर्दै नेपाली कांग्रेसका प्रभात लामा बिजयी भएका छन्। कांग्रेसका लामाको ६ हजार ९ सय ७६ र एमालेका लामाको ५ हजार एक सय ५२ मत आएको छ।

त्यसैगरी, प्रदेशसभा ख तर्फबाट नयाँ शक्ति पार्टीका प्रेम तामाङ एक हजार तीन सय ४८ मतको साथ विजयी विजयी बनेका छन्।  नयाँ शक्तिको तामाङको ७ हजार ४० र उहाँको प्रतिद्धन्दी नेकपा माओवादीका उम्मेदवार इन्द्र गौतम जगतजंगको ५ हजार ६ सय ९२ मत आएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!