गोरखा, २३ मंसिर । गोरखामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आज साँझ सम्म आईपुग्ने अधिकारीहरुले बताएका छन् । कडा सुरक्षा घेरा वीच भईरहेको मत गणना स्थान अभावका कारण एउटा निर्वाचन क्षेत्रको दुईठाउँबाट मात्र गणना भईरहेको छ । प्रदेश सभाको भने एक एक स्थानबाट गणना भईरहेको छ ।

Advertisement

अन्य जिल्लाको मत परिणाम सार्वजनिक भईरहँदा गोरखाको किन ढिलो प्रश्नमा  प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत भन्छन,“भूकम्पका कारण हामीसँग आवश्यक मात्रामा भवन छैन, भएका भवनहरुमा मिलाएर गणना गरिरहेका छौं । ”

 गोरखाको निर्वाचन क्षेत्र नं. २ मा कुल खसेको मत ६० हजार १०९ मा गणना बाँकी १५ हजार रहेको अधिकारीहरु बताउँछन् ।  निर्वाचन क्षेत्र नं. १ मा कुल खसेको ६३६७२ मतमा ३६७७१ मत गणना भएको छ । गणना बाँकी २६,९०१ रहेको छ ।

प्रदेश सभा तर्फका नतिजाहरु यस प्रकार छ । निर्वाचन क्षेत्र नं. २ को प्रदेश १ मा बामगठबन्धनकी कमला नहर्की १०१७९, लोकतान्त्रिक गठबन्धनका हरीशरण आचार्य १२५८८, प्रदेश २ मा बाम गठबन्धनका अमर तुम १०५९९, लोकतान्त्रिक गठबन्धनका प्रकाशचन्द्र दवाडी १२१५४ मत प्राप्त गरेका छन् ।

 निर्वाचन क्षेत्र नं. १ को प्रदेश १ मा बामगठबन्धनका लेख बहादुर थापा मगर ११६३४ मत लोकतान्त्रिक गठबन्धनका घिरन थापा मगर ९२८०, प्रदेश २ मा बामगठबन्धका रामशरण बस्नेत ११०२२ र लोकतान्त्रिक गठबन्धनका राजेन्द्र बजगाई ८८७० मत प्राप्त गर्न सफल भएका छन् ।

प्रतिनिधि सभा तर्फ क्षेत्र नं. १ मा बामगठबन्धका हरीराज अधिकारीको १७७६२ , २ मा नारायणकाजी श्रेष्ठको १७८२९, लोकतान्त्रिक गठबन्धनका चिनकाजी श्रेष्ठको निर्वाचन १ मा १४७१२ , निर्वाचन २ मा बाबुराम भट्टराईको  २०८९७ मत प्राप्त गर्न सफल भएका छन् ।

मत परिणामको प्रतिक्षामा रहेका गोरखाबासीहरु बजार क्षेत्रमा रहेर चासोका साथ चुनावी समिक्षामा केन्द्रिकृत हुन थालेका छन् । पछिल्ला परिणामहरुले क्षेत्र नं. २ मा लोकतान्त्रिक र क्षेत्र नं. १ मा बामपन्थी गठबन्धनको विजय हुने देखिएको छ ।

प्रदेश तर्फ भने माओवादी केन्द्र, एमाले, काँग्रेस र नयाँ शक्तिले एक एक प्रदेश लिने देखिएको छ । मत गणना भईरहेकाले पछिल्ला नतिजाहरुको प्रतिक्षामा उम्मेदवार र दलका नेता तथा कार्यकर्ताहरु आफ्नै पक्षमा आउने आशमा रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!