काठमाडौं, २३ मंसिर । निर्वाचन आयोगले समानुपातिकतर्फको समेत मतगणना थालेको छ । सुरुवाती चरणमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ भने एमाले दोस्रो स्थानमा छ ।

Advertisement

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको मत कांग्रेस र एमालेको भन्दा निकै पछाडि छ । चौथो स्थानमा नयाँशक्ति पार्टी देखिएको छ ।

हालसम्मको परिणाम अनुसार कांग्रेसले समानुपातिकमा ५१६३ मत पाउँदा एमालेले ४६१३ मत पाएको छ । माओवादीले १४३४ मत पाएको छ ।

त्यसैगरी नयाँशक्ति पार्टीले ३६, राप्रपाले २० र राजपा/फोरमले २/२ मत पाएका छन् । कांग्रेसले ५ हजार बढी मत ल्याउँदा विवेकशील साझाले १ मत पाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!