लमजुङ, २३ मंसिर । लमजुङको प्रदेशसभा तर्फ ‘ख’बाट नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । उनलाई प्रदेश नम्बर ४ का माुख्यमन्त्रीको रुपमा हेरिएको छ ।
शनिबार सम्पन्न मतगणनाअनुसार कांग्रेस नेता कृष्ण प्रसाद कोईरालालाई ८ हजार ६६ मतले पछी पार्दै गुरुङ प्रदेशसभामा निर्वाचित भएका हुन् ।
पृथ्वी सुब्बा गुरुङले २३ हजार १८८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी कृष्ण प्रसाद कोईरालाले १५ हजार १२२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहन बाध्य भएका छन् ।