मतदानपछि देउवाले भने: ‘ओली त अझैपनि चुनाव सार्छन् भनिरहनु भएको होला’
डडेलधुरा, २१ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान पछि एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति व्यङ्ग प्रहार गरेका छन्। ओलीजी अझै चुनाव सर्छ भनिरहनु भएको होला भन्दै देउवाले व्यङ्ग प्रहार गरेका हुन्।
‘मैले भर्खर भोट हालें, एमाले अध्यक्ष ओलीले पनि भोट हाल्नु भयो होला’ डडेलधुरामा मतदान गरेपछि देउवाले भने, भोट हालेपछि पनि ओलीजी देउवाले चुनाव सार्दैछन् भनिरहनु भएको होला।’
निर्वाचन सफलतापूर्वक भएक...






















